राजमानलाई भोट माग्दै कीर्तिपुर पुगे धरानका मेयर हर्क साम्पाङ « Khabarhub

राजमानलाई भोट माग्दै कीर्तिपुर पुगे धरानका मेयर हर्क साम्पाङ


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौंको कीर्तिपुर नगरपालिकामा भइरहेको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई भोट माग्न आइपुगेका छन् ।

यही मंसिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको मेयर पदको उपनिर्वाचनमा साम्पाङले स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई समर्थन गर्दै भोट मागिरहेका छन् ।

सोमबार काठमाडौं आइपुगेका साम्पाङले महर्जनलाई भोट दिन आग्रह गर्दै घरदैलो गरिरहेका छन् ।

आफू जस्तै काममा विश्वास गर्ने मान्छे कीर्तिपुरमा देखेपछि महर्जनलाई समर्थन गर्न आइपुगेको साम्पाङले बताए ।

कीर्तपुरका सरसफाइ अभियन्ता महर्जनलाई समर्थन गर्दै अर्का स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठ पछि हटिसकेका छन् ।

मंसिर १६ गते हुने उपनिर्वाचनमा ठूला दललाई स्वतन्त्र उम्मेदवारले चुनौती दिँदैछन् । तीनजना बढी स्वतन्त्र उम्मेदवारलाई मिलेर अघि बढ्न दबाब परेको छ। कीर्तिपुरको मेयरसहित वडा नम्बर १ र ४ को वडाध्यक्षमा पनि उपनिर्वाचन हुँदैछ ।

धरानमा हर्क साम्पाङ २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रकासमेत उम्मेदवारलाई हराउन सफल भएका थिए । लौरो लिएर स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उनी आश्चर्यजनक परिणामसहित धरानको मेयर बने ।

उनले गत वैशाखमा इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा पनि पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई सघाएका थिए ।

तर त्यहाँ नेकपा एमालेका सुहाङ नेम्बाङ विजयी भएका थिए। हर्क साम्पाङ आफैं मुढा बोकेर भोट माग्दै हिँडे पनि थेगिमले उल्लेख्य भोट ल्याए तर जित निकाल्न सकेनन् ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ३ : १९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया