१५ अंकले बढ्यो नेप्से, कारोबार कति ? « Khabarhub

१५ अंकले बढ्यो नेप्से, कारोबार कति ?


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १५.८३ अंकले बढेको छ । आज नेप्से ०.५९ प्रतिशतले बढेर २६८३.२४ विन्दुमा पुगेको हो । ६ अर्ब ३४ करोड ५८ प लाख ९ हजार रुपैयाँ बराबरको १ करोड २२ लाख ६३ हजार ७८० कित्ता शेयर कारोबार भएको छ । 

१६९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

२ वटा समूह घटेको छ भने बाँकि ११ वटा समूह बढेको छ । उत्पादन तथा प्रशोधन ०.२३ प्रतिशतले घटेर ६ हजार ७७१.३४ विन्दुमा पुगेको छ भने म्युचुअल फण्ड ०.३२ प्रतिशतले घटेर २१.८१ विन्दुमा पुगेको छ । 

यस्तै सबैभन्दा बढी फाइनान्स समूह २.२७ प्रतिशतले बढेर ३ हजार ६३६.९१ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक ०.११ प्रतिशतले, विकास बैंक १.२१ प्रतिशतले, होटल तथा पर्यटन १.२१ प्रतिशतले, हाइड्रोपावर ०.४४ प्रतिशतले, लगानी १.०५ प्रतिशतले, जीवन बीमा ०.२३ प्रतिशतले, लघुवित्त ०.१९ प्रतिशतले, निर्जीवन बीमा १.२७ प्रतिशतले, अन्य समूह १.६८ प्रतिशतले र ट्रेडिङ समूह ०.०९ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ३ : ३९ बजे

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)