मानव तस्करीमा मुछिएका कोशीका मन्त्री अधिकारीलाई उन्मुक्ति, अन्य ११ विरुद्ध मुद्दा « Khabarhub

मानव तस्करीमा मुछिएका कोशीका मन्त्री अधिकारीलाई उन्मुक्ति, अन्य ११ विरुद्ध मुद्दा


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  जापान जाँदा मानव तस्करी गरेको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचल्ने भएको छ ।

गतत कात्तिक १३ गते प्रदेश र संघीय सरकारको अनुमतिबिना नै जापान जाने क्रममा मन्त्रालयका नक्कली कागजात र परिचयपत्र बनाएर तीनजना युवकलाई लगेको आरोपमा पक्राउ परेका अधिकारीलाई मुद्दा नचल्ने निर्णय जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गरेको हो ।

प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारबाट पनि भ्रमण स्वीकृत नगराई जापान उडेका अधिकारीले तीनजना युवकलाई लगेको प्रकरणमा मन्त्री पद गुमाएका थिए । उनलाई त्यसपछि नेकपा एमालेले सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो।

सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउँदा अन्य ११ जनाविरुद्ध भने मुद्दा चलाउने निर्णय गरेको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा अन्य ११ जनालाई प्रतिवादी बनाउँदै फाइल अदालत लगिएको छ । उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

मानव तस्करी प्रकरणमा अधिकारी गत कात्तिक २५ गते विराटनगरस्थित निवासबाटै पक्राउ गरेका थिए । उक्त प्रकरणमा जापानको अध्यागमन विभागबाट  ४ जना डिपोर्ट भएका थिए । जापानको एक कार्यक्रममा जाँदा उनले असम्बन्धित युवालाई लगेपछि यो प्रकरण चर्किएको थियो ।

मन्त्री अधिकारीसँग जापान गएका तीनजनाले आफूहरूले १० देखि १४ लाख रुपैयाँसम्म बुझाएको बयान काठमाडौं प्रहरीसमक्ष दिएका थिए ।

मानव तस्करीमा मुछिएपछि अधिकारीकाे तीव्र विरोध भएको थियो । त्यसपछि उनले मन्त्री पदबाट राजीनामा दिए । उनलाई एमालेले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य र संगठित सदस्यबाट पनि निलम्बन गरेपछि प्रहरीले घरैबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

त्यसप्रकरणमा जापानबाट डिपोर्ट भएका खोटङका दुई र रसुवाका एकजना युवालाई प्रहरीले पक्राउ गरिसकेको छ। यो प्रकरणमा ओखलढुंगाका गुढी राई र नविन राई पक्राउ परेका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालयले यस प्रकरणमा मुछिएका दावा शेर्पा, गोपाल भन्ने योगराज गौतम, जनक राई,  महेश पाण्डे, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, कञ्चन देवकोटा, विष्णुप्रसाद भट्टराई, जुगल रिजाल र दिवाकरबाबु भट्टराईविरूद्ध मुद्दा दर्ता गरेको छ। जसमध्ये दिवाकरबाबु, गोपाल र विष्णुप्रसाद फरार छन्।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ५ : ०९ बजे

कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँ : महामन्त्री पौडेल

दमौली- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील

कांग्रेस नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यकोशपथ बिहीबार

ललितपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यको शपथ

कुहिरोको घुम्टोभित्र हराएको मानुङकोट, बढ्न थाल्यो आन्तरिक पर्यटकको चहलपहल

दमौली– बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको

शुक्रबारसम्म देशका विभिन्न भू-भागमा मौसम बदली हुने, वर्षा र हिमपातको सम्भावना

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनता भेट्न मन्त्री जानुपर्छ : भूमिमन्त्री

चितवन– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा