बयानका लागि रविलाई मंगलबार काठमाडौं ल्याइँदै « Khabarhub

बयानका लागि रविलाई मंगलबार काठमाडौं ल्याइँदै


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार काठमाडौं ल्याइने भएको छ।

सहकारी ठगीसहित तीनवटा अभियोगमा अनुसन्धानका क्रममा हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई काठमाडौं ल्याउने भएको हो।

उनलाई काठमाडौं ल्याउन बुद्ध एयरको मंगलबार बिहान साढे ८ बजेको टिकट बुकिङ गरिएको बताइएको छ।

कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो।

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना प्रकरण अनुसन्धानका लागि उनको बयान लिइनेछ।

बयान गराएर फेरि पोखरामै फर्काइने छ। त्यसपछि उनलाई चितवनस्थित सहकार बचत तथा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा बयानका लागि लगिनेछ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ७ : ३१ बजे

निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा

एजेन्सी– प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले वेस्ट

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।