जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण « Khabarhub

जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

ललितपुर – जापान सरकारको सहयोगमा निर्मित छात्रावास भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

नेपालका लागि जापानी राजदूत किकुता यूताकाले ललितपुरको बागमती गाउँपालिका–२ माल्टाको कालीदेवी माध्यमिक विद्यालयमा नवनिर्मित सुविधा सम्पन्न छात्रावास भवन आज विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् ।

जापान सरकारको ‘ग्रासरूट ह्युमान सेक्युरिटी प्रोजेक्टर’ (सीजीपी) अन्तर्गत रु दुई करोड पाँच लाख लागतमा सुविधा सम्पन्न छात्रावास निर्माण गरिएको राजदूत युताकाले बताए । छात्रावास हस्तान्तरण गर्दै राजदूत यूताकाले छात्रावास निर्माणमा सङ्लग्न सबैको प्रशंसा गरे । उनले छात्रावास निर्माण भइसकेपछि लामो दुरी तय गरेर विद्यालय आउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे ।

“यो छात्रावास भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्न पाएकोमा म ज्यादै हर्सित छु, यसले यहाँका विद्यार्थीहरुको सुन्दर भविष्य निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मेरो विश्वास छ”, राजदूत यूताकाले भने । उनले भूकम्पपछि क्षतिग्रस्त विद्यालयको कक्षा कोठा जापान सरकारको सहयोगमा पुनःनिर्माण गरिएको उल्लेख गरे ।

बागमती गाउँपालिका उपाध्यक्ष भक्तबहादुर दर्लामीले जापान सरकार र राजदूतावासले पु(याएको योगदान चीरस्मरणीय हुने बताए । उनले विद्यालयको भौतिक विकास र विद्यार्थीको शैक्षिक गुणस्तर सुधार्न पालिकाबाट हरसम्भव सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।

विद्यालयका प्रधानाध्यापक महेशकुमार घिमिरेले टाढाबाट आउनुपर्दा विद्यार्थीहरु बीचमै पढाइ छाड्ने अवस्था आउने तथा छात्राहरु असुरक्षित भएको अवस्थालाई समाधान गर्न विद्यालयले अघि सारेको छात्रावास परियोजनालाई सफल र सार्थक बनाउन जापान सरकार र राजदूतावासले गरेको सहयोगको प्रशंसा गरे ।

यस विद्यालयले कक्षा १२ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । प्रधानाध्यापक घिमिरेका अनुसार हाल विद्यालयमा एक सय ७८ छात्र र एक सय ७१ छात्रा गरी कूल तीन सय ४९ विद्यार्थी अध्ययनरत छन् । विसं २०१९ मा स्थापना भएको विद्यालयमा कूल २१ शिक्षक तथा कर्मचारी सेवारत छन् ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ८ : ४६ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ