सार्वजनिक ऋणको दलदलमा फसेको लाओसमा मुद्रास्फीति बढ्यो « Khabarhub

सार्वजनिक ऋणको दलदलमा फसेको लाओसमा मुद्रास्फीति बढ्यो


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सार्वजनिक ऋणको दलदलमा फसेको लाओसमा मुद्रास्फीति ह्वात्तै बढेको छ । मुद्रास्फीति ह्वात्तै बढेपछि साम्यवादी शासन रहेको लाओसको राजधानी भियन्टिएनका बजारमा चहलपहलमा पनि कमी आएको छ ।

एशियाली विकास बैंक एडीबीका अनुसार सन् २०२२ मा लाओसमा मुद्रास्फीति दर २३ प्रतिशत रहेको थियो । त्यसैगरी, सन् २०२३ मा मुद्रास्फीति बढेर ३१ प्रतिशत पुग्यो । यस वर्ष भने मुद्रास्फीति २५ प्रतिशत पुग्ने एडीबीको अनुमान छ ।

केही समयअघि मात्रै विश्व बैंकले लाओसको सार्वजनिक ऋण धान्ने नसकिने अवस्थामा पुगेको चेतावनी दिएको थियो । लाओसको सार्वजनिक ऋण १३ अर्ब अमेरिकी डलर पुगेको छ । जुन, त्यहाँको कुल ग्राहस्थ उत्पादनको १ सय ८ प्रतिशत हो ।

लाओसले तीव्र गतिको रेल निर्माण गर्नका लागि चीनसँग ६ अर्ब डलर ऋण लिएको छ । चीनको महत्वकांक्षी बीआरआई परियोजनाअन्तर्गत निर्माण गरिएको उक्त रेलमार्गले चीनलाई सिंगापुरसँग जोड्ने योजना छ ।

मुद्रास्फीतिसँगै घरेलु मुद्राको मूल्यमा भारी गिरावट आएको छ । यसले ऋण तिर्ने लाओसको क्षमतामा अझ ह्रास आएको जनाइएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार आगामी तीन वर्षसम्म लाओसले ऋणको ब्याजमात्रै औसतमा १ अर्ब ३० करोड डलर तिर्नुपर्ने छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  १ : ५७ बजे

विधिपूर्वक गरियो गोवर्द्धन पूजा

काठमाडौँ- कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन

वनमन्त्री चौधरी टर्किए प्रस्थान

काठमाडौँ-, २४ कात्तिकः कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी टर्कीएको

यु–१९ एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ- ओमानमा जारी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग

जेन्सन ह्वाङ ‘केटी काण्ड’ मा परेपछि…

काठमाडौं- विश्वका सर्वाधिक मूल्यवान प्रविधि कम्पनी मानिने न्भिडिया का सह-संस्थापक

सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबार जनकपुर बोल्ट्स र