रेडियो पाकिस्तानका कर्मचारी आन्दोलित « Khabarhub

रेडियो पाकिस्तानका कर्मचारी आन्दोलित


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको राष्ट्रिय प्रसारण संस्था रेडियो पाकिस्तानका कर्मचारी आन्दोलनमा उत्रेका छन् । आन्दोलनरत कर्मचारीले रेडियो पाकिस्तानको मुख्यालयमा तालाबन्दीसमेत गरेका छन् ।

सरकारले लामो समयदेखि आफूहरुको वास्ता नगरेको कर्मचारीको आरोप छ । सरकारले सरकारी कर्मचारीको तलब गत वर्ष २५ प्रतिशत र यस वर्ष २० प्रतिशत बढाएपनि यसबाट आफूहरु बञ्चित भएको उनीहरुको भनाइ छ ।

त्यसैगरी, लामो समयदेखि आफूहरुले पेन्सन, स्वास्थ्य सुविधा र आवास सुविधा पनि नपाएको कर्मचारीले गुनासो गरेका छन् । विगत एक वर्षदेखि आफूहरुको पदोन्नती पनि नभएको कर्मचारीको दाबी छ ।

कर्मचारीले तालाबन्दी गरेपछि रेडियो पाकिस्तानको मुख्यालयमा प्रहरी परिचालन गरिएको थियो । कर्मचारीको आन्दोलनमा प्रहरी परिचालन भएपछि अवस्था तनावग्रस्त भएको तर हिंसाका कुनै घटना भने नभएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  १ : ५९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार