पाकिस्तानमा साम्प्रदायिक हिंसा « Khabarhub

पाकिस्तानमा साम्प्रदायिक हिंसा


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा भएको साम्प्रदायिक हिंसामा परी ४३ जनाको मृत्यु भएको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा साम्प्रदायिक हिंसा फैलिएको हो ।

शिया मुसलमानको समूहमा बन्दुकधारीले गोली प्रहार गरेपछि हिंसा फैलिएको हो । हिंसाको पाकिस्तानी अधिकारी र मानव अधिकार समूहले निन्दा गरेका छन् ।

पाकिस्तानको स्वतन्त्र मानव अधिकार आयोग (एचआरसीपी)ले विज्ञप्ति जारी गर्दै यस घटनाले नागरिकको सुरक्षा गर्न सरकार असफल भएको पुष्टि भएको टिप्पणी गरेको छ ।

पीडितमध्ये सात जना महिला र तीन जना बालबालिकासमेत रहेका छन् । हिंसामा परी अरु १६ जना घाइते भएका छन् ।

लामो समयदेखि यस क्षेत्रमा सुन्नी र शिया मुस्लिम जनजातिहरूबीच झडप हुने गरेको छ । साम्प्रदायिक हिंसा फैलिएपछि सो क्षेत्रमा कर्फ्यु घोषणा गरिएको छ भने मोबाइल सेवासमेत बन्द गरिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  २ : ०१ बजे

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने