प्रेम र करुणाका प्रतीक 'सान्ता क्लज' | Khabarhub Khabarhub

प्रेम र करुणाका प्रतीक ‘सान्ता क्लज’


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पूर्वेली समाजमा बच्चालाई फकाउनका लागि भूत, प्रेत वा अन्य केहीको त्रास देखाइन्छ। पश्चिमा संस्कृतिमा बच्चालाई मनाउनका लागि यस्तै अदृश्य शक्तिको नाम लिने गरिन्छ। हो त्यसै अदृश्य शक्तिको रूपमा लिइने शक्ति हो ‘सान्ता क्लज’।

सेतो दारी र रातो कोटसहितको पहिरनमा उभिएका एउटा सान्ता देवदूत पश्चिमी सभ्यतामा प्रेम र करुणाको पर्याय मानिन्छन्। साना बच्चालाई अहिले पनि फकाउनका लागि अहिले पनि लिइने त्यही नाम ‘सान्ता क्लज’ले दिने उपहार अहिले पनि प्रिय मानिन्छ। सान्ता क्लजले दिइने उपहारको लोभ पश्चिमा संस्कृतिमा अझै हुन्छ।

डिसेम्बर २५ क्रिसमसको दिन संसारमा हर्षोल्लासका साथ मनाइँदै छ। साना बच्चा यसै दिनमा उपहार लिन र दिनमा व्यस्त छन्। आज जिसस क्राइस्टलाई मात्र होइन, तिनै सान्टा क्लासलाई पनि सम्झने गरिन्छ। तीनै सान्ता क्लजका बारे इतिहासमा धेरै व्याख्या गरिएका छन्। सान्टा क्लासका धेरै रूप र अवतार समेत भएको जनाइएको छ। प्रेम र करुणाका प्रतीक त्यो धेरै रूप र अवतारमा धेरै गरिब र दुःखीको उद्धार गरिएका छन्।

सान्ता क्लज को हुन् ?
सान्ता क्लजको नाम हो, सेन्ट निकोलास। सन् २८० एडीमा अहिले टर्की रहेको पटारामा उनी जन्मिएको विश्वास छ। उनी गाउँको भ्रमण गरेर गरिबलाई सहयोग गर्ने गर्थे। गरिबीबाट बेचिएर यौनकर्मी बन्न लागेका तीन छोरीलाई सहयोग गरेर बचाएको पनि भनाइ छ। उनकै सहयोगमा ती तीनै जनाको विवाह भएको थियो।

६ डिसेम्बरका दिनलाई उनको मृत्युको दिनको रूपमा सम्झने गरिन्छ। सोही दिनदेखि उपहार दिने चलन छ। ६ क्रिस्चियन सम्प्रदायमा ६ डिसेम्बरलाई विवाहका लागि राम्रो दिन पनि मानिन्छ।

न्यूयोर्कमा सान्ता क्लज
सेन्ट निकोलास पहिलो पटक सन् १९७३ र १९७४ मा पहिलो पटक नेदरल्यान्ड्सबाट अमेरिका पुगेको कथन छ। निकोलास नै डच भाषामा सिन्टर क्लास भनियो। यसैलाई ‘सान्ता क्लज’ पनि भन्न थालियो।

सन् १८०९ देखि न्यूयोर्कबाट नै सान्ता क्लजका कथाको व्यापक प्रचार हुन थालेको विश्वास छ।

डिपार्टमेन्ट स्टोरमा सान्ता क्लज
सन् १८२० देखि १८४० को बिचमा यसरी डिपार्टमेन्टमा उपहार लिन जान थालेको अनुमान छ। सन् १८४१ मा बच्चा फिलाडेल्फियामा सान्ता क्लज मोडल हेर्न गएको जनाइन्छ।

सन् १८९० को सुरुवातमा उनीहरूले निःशुल्क खाद्यान्न सहयोग गर्दै आएका परिवारका लागि खाद्यान्न सहयोग गर्नका लागि स्यालभेसन आर्मीलाई सहयोग आवश्यक रहेको थियो। यसै समयमा सान्ता क्लजको उपस्थितिमा समस्या समाधान भएको जनाइन्छ। यसैको आधारमा सन् १९४७ मा ‘मिराकल अन ३४ स्ट्रिट’ नामको फिल्म बनेको थियो। यसै फिल्मका लागि एडमन्ड ग्वेनले ओसकार अवार्ड समेत पाएकी थिइन्। सन् १९९४ मा यस फिल्मलाई फेरि बनाइएको थियो।

अहिले सेन्ट निकोलासको रूपमा मात्र सान्ता क्लज मानिँदैनन्। संसारमा विभिन्न स्वरूपमा सान्ता क्लजलाई सम्झने गरिएको छ। ‘क्रिस्ट काइन्ड’ र ‘क्रिस्ट क्रिन्डल’ ले पनि बच्चालाई उपहार दिने विश्वास गरिन्छ।

अहिले संसारमा नै सान्ता क्लजको रूपमा उपचार बच्चालाई दिने गरिन्छ। आफ्ना बच्चालाई डिपार्टमेन्टल स्टोरमा गएर सोही किसिमको ब्याग खरिद गरेर दिने गरेको ब्याग र अन्य सामग्री दिने गरिन्छ। यसैगरी सान्ता क्लजको चित्र अङ्कित खेलौना पनि यस क्रिसमस अवधिमा संसार भरी नै दिने गरिन्छ। तीनै सान्ता क्लजलाई सम्झिएर बच्चाहरूले एकले अर्कोलाई उपहार दिने चलन पनि छ।

सान्ता क्लजलाई विभिन्न रूपले मनाइने गरिन्छ। अमेरिकामा रातो पहिरनको सान्ता क्लजको अवधारणा गरिन्छ। नेदरल्यान्ड्सका घोडामा चढेर आएको सान्ता क्लजको रूपमा चित्रण गरिन्छ।

बेलायतमा फादर क्रिसमसको रूपमा हरियो लुगा लगाएको सान्ता क्लजलाई पनि चित्रण गर्ने गरिन्छ। संसारमा अहिले विभिन्न देशमा क्रिसमस मनाउने क्रममा विभिन्न रूपमा आफूलाई सान्ता क्लजको रूपमा राखेर बच्चालाई उपहार दिँदै मनाइने चलन छ। यसरी सान्ता क्लजको आकृतिको रूपमा आफूलाई राख्दा संसारका धेरै देशमा धेरै प्रचलन छ।

बजारमा सान्ता क्लज अङ्कित धेरै कुरा उपहारको रूपमा दिन सकिन्छ। यसरी दिइने उपहारमा फ्रान्समा उही रातो पहिरनको सान्ता क्लजको परिकल्पना गरिएको छ। रुसमा रातो रङ्गको लुगा लगाएको सान्ता क्लजको पहिरनको कल्पना गरिन्छ। स्विडेन, नर्वे, नेदरल्यान्ड्स, अस्ट्रिया, स्विट्जरल्यान्डमा र जर्मनीमा भिन्न किसिमको सान्ता क्लजको अवधारणासहित उपहार दिइन्छ। सान्ता क्लजको आकृति र पहिरनलाई संसारका धेरै देशमा फरक ढङ्गले प्रस्तुत गरिएका छन्।

क्रिसमस ट्री
क्रिसमसकै समयमा सर्वत्र क्रिसमस ट्रि सजाइएको देखिन्छ। धुपी जस्ता सदाबहार रुखलाई सजाएको पाइन्छ। यो शैली १७ औं शताब्दीमा जर्मनी या लाट्भिया जस्ता देशबाट सुरु भएको जनाइन्छ। यो ट्री लाई गुलाफ र गरगहनाले सिँगारिएको हुन्छ। सुरुवाती दिनमा यसमा मैनबत्ती बालिने चलन भए पनि आधुनिक समयमा बिजुलीका बत्ती बाल्ने गरिन्छ।

क्रिसमस होली डे
क्रिस्चियन संस्कारमा २५ डिसेम्बरदेखि ५ जनवरीसम्म क्रिस्चियन होली डे तथा उत्सवको रूपमा मनाइने गरिन्छ। २४ डिसेम्बरको साँझमा नै क्रिस्चियन इभको रूपमा मनाइने चलन छ। यस कारण कुल १२ दिनको होली डे यस बिचमा हुन्छ। केही देशमा भने फरक ढङ्गले मान्ने चलन छ। इटालीमा ८ डिसेम्बरबाट नै सुरु भइसकेको छ। स्रोतः हिस्ट्री डटकम, विजिनेस इनसाइडर

यो पनि पढ्नुहोस्
आज येशु ख्रीष्टको जन्मोत्सवमा ‘क्रिसमस डे’ मनाइँदै
यसकारण मनाइन्छ क्रिसमस ? यस्तो छ रोचक कथा

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ८ : ३८ बजे

अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा

सिरहा – सिरहाको गोलबजार नगरपालिका–१ स्थित गागन खोलाबाट गैरकानूनी ढङ्गबाट

भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

आजका समाचार : एमालेबाट निकालिए भीम रावल, सरकारसँग सभामुखको गुनासो र कजाकस्तानमा खस्यो जहाज

ओलीलाई चुनौती दिएका भीम रावल एमालेबाटै निष्कासित नेकपा एमालेले पूर्वउपाध्यक्ष

एमालेको कारबाहीबारे उषाकिरणको टिप्पणी : पञ्चहरूकै नक्कल गरेछन्

काठमाडौं- मीनबहादुर गुरुङले दानमा दिएको जग्गामा पार्टी कार्यालय भवन बनाउन

‘जिग्री‘को निर्देशन रहेको ‘लाज शरमण्’ विदेशमा दुई मितिमा प्रदर्शन हुने

काठमाडौं – सिरियल ‘सक्किगो नि’ टिमले निर्माण गरेको फिल्म ‘लाज