काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै « Khabarhub

काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका चर्चित गायक सोनु निगम बुधबार काठमाडौं आइपुगेका छन् ।

बुधबार बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रममा गुञ्जिन उनी आइपुगेका हुन् । नेपालीसँग उनको यो पहिलो साक्षात्कार हो ।

आयोजक संस्था नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले गायक निगम पछिल्लो समय माग भएका गायकमा पर्छन् । उनले नेपाली गीतसङ्गीत पनि प्रस्तुत गर्न सक्ने भएकाले बोलाइएको बताए।

बाह्र हजार दर्शक क्षमता रहेको ह्यात चौरमा बुधबार अपरान्ह सोनुले गाउनेछन् । गायक निगमले स्वर दिएका ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन्।

यस्तै, हिन्दी भाषामा ‘मेरे ढोलाना सुन’, ‘कल होना हो’, ‘साथिया’, ‘पापा मेरी जान’, ‘अभि मुझ मे कही’ लगायत गीत लोकप्रिय छन्।

यो कन्सर्टका लागि न्यूनतम दुई हजारदेखि अधिकतम ५० हजारसम्मको टिकट राखिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार गायक निगम पुस १० गते बिहान नेपाल आउने छन्।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ३ : ०६ बजे

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने