‘जिग्री‘को निर्देशन रहेको ‘लाज शरमण्’ विदेशमा दुई मितिमा प्रदर्शन हुने « Khabarhub

‘जिग्री‘को निर्देशन रहेको ‘लाज शरमण्’ विदेशमा दुई मितिमा प्रदर्शन हुने


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिरियल ‘सक्किगो नि’ टिमले निर्माण गरेको फिल्म ‘लाज शरमण्’को अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री भएको छ । छायाङ्कन नसकिँदै निर्माण पक्षले सेभेन सिज इन्टरनेसनललाई प्रदर्शन अधिकार बेचेको हो ।

निर्माण कम्पनी जेपीटी क्रिएसनका अर्जुन घिमिरे ‘पाँडे’ र वितरण कम्पनीका तर्फबाट प्याट्रिक सुवेदीबीच मंगलबार कागजी सम्झौता भएको हो ।

‘लाज शरणम’लाई दुई चरणमा विभाजित गरी अन्तर्राष्ट्रिय बजारमा वितरण गर्ने योजना रहेको सेभेन सिजका सुबेदीले बताए ।

उनका अनुसार विदेशी पदर्शन मिति फेब्रुअरी २८ र मार्च ७ हुनेछ । कुन देशमा कुन मितिमा प्रदर्शन हुने यसबारे चाँडै घोषणा हुने उनले बताए ।

नेपाल भने फागुन १४ बाट यस फिल्म प्रदर्शनमा आउँदै छ । कुमार कट्टेल ‘जिग्री ब्रो’द्वारा निर्देशित यो फिल्ममा विजय बराल, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामाको अभिनय रहने बताइएको छ ।

त्यस्तै, सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), कमलमणी नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय रहनेछ ।

नवीन श्रेष्ठ निर्माता रहेको चलचित्रमा राम नरेश शाह र श्रीजना खड्का सह-निर्माताको रूपमा रहेका छन् ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ७ : ५६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्