‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्छ’ « Khabarhub

‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्छ’


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

मनहरी – बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्नेमा उनले जोड दिएका छन्।

यहाँको मकवानपुरगढी गाउँपालिका–४ स्थित वाइवाडाँडा लिफ्टिङ सिँचाइ उपभोक्ता समितिले निर्माण गर्न लागेको ट्यांकीको शिलान्यास गर्दै बुधबार उनले व्यक्ति–व्यक्तिले योजना माग गर्दा कार्यान्वयन फितलो भएको बताए।

निर्वाचित जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, स्थानीय उपभोक्ताको छलफलबाट अधिकतम लाभ हुने योजना छनोट गर्नुपर्ने मन्त्री खड्काको भनाइ छ ।  सम्पन्न भइसकेका योजनाको संरक्षण र सदुपयोगमा ध्यान दिनसमेत उनले आग्रह गरे।

ट्यांकी निर्माण पश्चात् तीन सय रोपनी जमिनमा सिँचाइको सुविधा पुग्ने जनाइएको छ । कूल २० लाखको लागतमा एक लाख ५० हजार लिटर क्षमताको ट्यांकी निर्माण गर्न लागिएको समितिका अध्यक्ष राजकुमार योञ्जनले जानकारी दिए।

ट्यांकी निर्माण पश्चात् तीन ठाउँबाट पानी वितरण गर्न थप एक करोडको आवश्यक रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ७ : ४४ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट