गुल्मीको छत्रकोटमा भोलिदेखि जिपलाइन सञ्चालनमा आउने | Khabarhub Khabarhub

गुल्मीको छत्रकोटमा भोलिदेखि जिपलाइन सञ्चालनमा आउने


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिकामा जिपलाइन सञ्चालन हुने भएको छ । गाउँपालिका–३ स्थित देवालय मन्दिरबाट देवीभगवती मन्दिरसम्म पुग्नेगरी जिपलाइन निर्माण गरिएको हो ।

‘रुरु रेसुङ्गाको धार्मिक आश, छत्रकोटमा बसौँ बास’ भन्ने नाराका साथ छत्रकोटलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले पालिकाले जिपलाइन निर्माण गरेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

अध्यक्ष पाण्डेका अनुसार जिल्लामा पहिलो पटक निर्माण गरिएको जिपलाइन शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ । छत्रकोटले निर्माण गरेको जिपलाइन अन्य पालिकाले पनि पर्यटन पर्वद्धनका लागि पूर्वाधार निर्माणमा सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।

‘यहाँ निर्मित जिपलाइनमार्फत पर्यटकलाई थप आकर्षित गर्न अन्य स्थानीय तहले पर्यटकीय पूर्वाधार निर्माण गरेमा जिल्लामा नै पर्यटक भित्राउन सकिन्छ’, अध्यक्ष पाण्डेले भने । उनका अनुसार जिपलाइनमा दुई टावरबीचको दूरी नौ सय ६० मिटर रहेको छ भने कूल लम्बाइ एक हजार ८० मिटर र उचाइ ६७ मिटर छ ।

जिपलाइनमा प्रतिसेकेण्ड १५ देखि २० मिटर दूरी पार गर्न सक्नेछ । सुरु स्टेशनबाट ५५ देखि ७७ सेकेण्डमा यात्रा पार गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रहरी पुरीले बताए । पर्यटकको तौल अनुसारमा यात्रा पार गर्न लाग्ने समय भने फरक पर्नेछ ।

प्रमुख प्रशासकीय अधिकृत पुरीले ८६ लाख ७३ हजार एक सय ४४ मा सानु सेतीदेवी कन्ट्रक्सन प्रालिले जिपलाइन निर्माण सम्पन्न गरेको हो । यसबाट यात्रा गर्न पालिकाबासीलाई चार सय, विद्यार्थीका तीन सय, छत्रकोटभन्दा बाहिरका नागरिकलाई पाँच सय र विदेशी नागरिकलाई एक हजार पाँच सय शुल्क तोकिएको पालिका कार्यालयले जनाएको छ ।

जिपलाइनमा चढ्ने प्रत्येक पर्यटकका लागि १० लाखको बिमा गरिएको प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिए । हाल पालिकाले सञ्चालन गर्ने जिपलाइनको दिगो सञ्चालनका लागि पालिकाले निजी क्षेत्रलाई दिनेगरी तयारी भइरहेको भन्दै केहीदिनमा बोलपत्र आह्वानको तयारी गरिएको उनको भनाइ छ ।

जिपलाइन निर्माण भएसँगै पर्यटन प्रर्वद्धन हुने र रोजगारीका अवसर प्राप्त हुने भन्दै स्थानीय खुसी भएका छन् । स्थानीय उत्पादनको बजारीकरण, पर्यटक प्रवर्द्धनका साथै रोजगारीको अवसर सिर्जना हुने अपेक्षा स्थानीयले गरेका छन् ।

जिपलाइनको नजिकै रिडी–तम्घास सडक पर्दछ । यहाँ वनभोजका लागि थुप्रै आन्तरिक पर्यटक आउने सम्भावना रहेको भन्दै भुसालले धार्मिक आस्थाका हिसाबले चोयघा मन्दिरमा पुग्ने धार्मिक पर्यटकको आगमन पनि बढ्ने उनले बताए ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  १२ : ५४ बजे

पोखरा महानगरपालिकाको १६औँ नगरसभा सम्पन्न

गण्डकी – पोखरा महानगरपालिकाको १६औँ नगरसभा सम्पन्न भएको छ ।

पोखरामा भोलिदेखि ‘टाइगर कप’ भलिबल प्रतियोगिता

कास्की – पोखरा रङ्गशालामा भोलिदेखि सुरु हुने पाँचौँ संस्करणको ‘टाइगर

सत्तामा रहँदा हामीले गल्ती गरेका छैनौँ : प्रचण्ड

दाङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

नेपाल कबड्डी लिग : विराटनगर ब्यान्डिट्स विजयी

काठमाडौं – हिमालयन रेइडर्सलाई पराजित गर्दै विराटनगर ब्यान्डिट्स नेपाल कबड्डी

सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन

भक्तपुर – सूर्यविनायक नगरपालिकाले कार्यालय सञ्चालन गर्न सुविधा सम्पन्न भवन