२५ हजार घुस लिँदालिँदै समातिएका रोल्पा ट्राफिक प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

२५ हजार घुस लिँदालिँदै समातिएका रोल्पा ट्राफिक प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा


११ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ ।

गत असोज १७ गते रोल्पा नगरपालिका-४ स्थित निवासमा सेवाग्राहीबाट घुस लिँदालिँदै बुढाथोकी पक्राउ परेका थिए । उनको साथबाट घुसबापत लिएको २५ हजार रुपैयाँ बरामद भएको आयोगले जनाएको थियो ।

बुढाथोकीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल र सम्पर्क कार्यालय नेपालगञ्‍जबाट खटिइ गएको टोलीले नियन्त्रणमा लिएको थियो।

अख्तियारमा बुढाथोकीले सवारीसाधनलाई आवतजावत गर्दा चालक र व्यवसायीसँग घुसररिसवत माग गरिरहेको उजुरी परेको थियो ।

घुससहित समातिएका बुढाथोकीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बिगो २५ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा ९१० अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको आयोगले जानकारी दिएको हो ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ४ : ३१ बजे

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश