मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँ : स्वास्थ्यमन्त्री पौडेल « Khabarhub

मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँ : स्वास्थ्यमन्त्री पौडेल


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सर्लाही – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सर्लाहीको ईश्वरपुरमा मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्‌ ।

आज (मङ्गलबार) ईश्वरपुर नगरपालिका–९ मा निर्माण भएको भरतपुर आँखा उपचार केन्द्रको उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन्‌ । ‘मृगौला रोगको उपचारका लागि डाइलासिस सेन्टर बनाउनुपर्छ भन्ने सुनेँ । त्यसका लागि आवश्यक उपकरणको व्यवस्था र विपन्न उपचारको सूचिमा सूचीकृत गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु’, मन्त्री पौडेलले भने ।

उनले भौतिक पूर्वाधारको व्यवस्थापन भइसकेपछि डाइलासिसका लागि आवश्यक तीन सेट मेसिन उपलब्ध गराउनबारे आफू सकारात्मक रहेको बताए । ‘यसका साथै राज्यले एक जनालाई डाइलासिस गरेको २५ सय रुपैयाँ दिने व्यवस्था छ । कुन कुन केन्द्रमा उपचार हुन्छ भनेर सूचिभित्र पार्नुपर्छ । त्यसका लागि पनि पहल गर्छु । यहाँहरूले पालिकाबाट गर्ने काम गर्नुस्’, उनले भने ।

यसैगरी यस क्षेत्रका लागि आवश्यक रक्त सङ्कलन केन्द्र सञ्चालनका लागि कुनै संस्थासँग समन्वय गर्ने र त्यसो हुन नसके मन्त्रालयसँगको सहकार्यमा सो केन्द्र सञ्चालन गर्न सकिने मन्त्री पौडेलको भनाइ थियो ।

उनले पाठेघरको समस्या समाधानका लागि रोग लाग्नै नदिने गरी सचेत हुनुपर्ने र लागिहालेमा सहज उपचारका लागि सरकारले सहयोग गर्ने बताए । मन्त्री पौडेलले हाल सञ्चालनमा रहेको एक लाख रुपैयाँको स्वास्थ्य बीमा कार्यक्रम व्यवस्थित नरहेकाले यसलाई पाँच लाख रुपैयाँ पुर्‍याउने तयारी भएको जानकारी दिए ।

कार्यक्रममा ईश्वरपुर नगरपालिका प्रमुख मनोजकुमार आचार्यले नगरको स्वास्थ्य अवस्था सुदृढ गर्न आफूहरू क्रियाशील रहेको बताए । नेपाल नेत्र ज्योति सङ्घ, हिरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान, भरतपुर आँखा अस्पताल चितवन र ईश्वरपुर नगरपालिकाको संयुक्त सहकार्यमा यस क्षेत्रमा आँखा अस्पताल सञ्चालनमा आएको छ ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष तेजेन्द्र बहादुर खड्काको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य रामचन्द्र चौधरी, विभिन्न पालिकाका प्रमुख, उपप्रमुखलगायतको उपस्थिति रहेको थियो । रासस

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  १० : ४१ बजे

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित