वन अतिक्रमण गर्न खोजेको भन्दै आठ जना पक्राउ | Khabarhub Khabarhub

वन अतिक्रमण गर्न खोजेको भन्दै आठ जना पक्राउ


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित सिद्धबाबा सामुदायिक वन क्षेत्र अतिक्रमण गर्न खोज्नेलाई नियन्त्रणमा लिइएको छ । धुर्जन्नामा रहेको खुटीया नदी किनारको खुला वन क्षेत्रमा गएराति वन अतिक्रमण गरी दुई सय बढी मानिसहरू पाल टाँगेर बसेका थिए ।

सामुदायिक वनको २० हेक्टर बढी खाली रहेको जमिनमा उनीहरू बस्न आएको डिभिजन वन कार्यालय कैलालीका वन अधिकृत लोकराज दाहालले जानकारी दिए । दाहालका अनुसार उनीहरू पाल टाँगेर घर छाप्रो बनाउने योजनामा रहेका थिए ।

अतिक्रमण गरी बसेको भन्ने गोप्य सूचनाका आधारमा डिभिजन वन कार्यालय कैलालीका प्रमुख कृष्णदत्त भट्टको नेतृत्वमा गएराति गस्ती टोली गएको थियो । डिभिजन वन कार्यालय कैलाली र पहलमानपुरको संयुक्त टोली र सशस्त्र प्रहरीलगायतले अतिक्रमण हटाएको फूलबारी सव डिभिजन वन कार्यालयका प्रमुख जीवक्ष यादवले जानकारी दिए ।

सो क्रममा आठ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मानबहादुर कामी, प्रेम सार्की, चक्र सार्की, टेकबहादुर भुल, मनिराम पाध्याय, पवन रसाइली, मानबहादुर कामी, राजेश कामी रहेको यादवले जानकारी दिए।

उनीहरू डोटी, कैलाली, बाजुरा, अछामलगायतका जिल्लाबाट आएका हुन् । पक्राउ परेकामाथि थप अनुसन्धान गरी वन ऐन नियमावलीअनुसार कारबाही गरिने यादवले बताए ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  १० : २६ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल साउन १५ गते बिहीबार। साउन

आज २०८२ साल साउन १५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १५ गते बिहीबार। साउन

चुरे विनाशका कारण मधेसमा जलसङ्कट आयो : अध्यक्ष यादव

सप्तरी – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरे

घर भत्किँदा किचिएर बालकको मृत्यु

सर्लाही – यहाँको चन्द्रनगर गाउँपालिका–६, कामद टोलमा आज एक घर

जनताका मुद्दा स्थापित गराउन सफल भएको रास्वपाकाे निष्कर्ष

रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज भैरहवामा