‘ललितपुरलाई व्यवस्थित सहर घोषणा गराउन चाहन्छौँ’ « Khabarhub

‘ललितपुरलाई व्यवस्थित सहर घोषणा गराउन चाहन्छौँ’


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पाटन – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई नेपालकै सबैभन्दा सफा र व्यवस्थित सहर घोषणा गराउन चाहेको बताएका छन्‌ ।

स्थानीय व्यापारीहरूको समस्या समाधानको निमित्त ललितपुर तयारी पोसाक व्यापार सङ्घको ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझ्दै आज महानगरप्रमुख महर्जनले आफूहरू शासक नभई जनताको सेवक भएको बताएका हुन्‌ ।

महर्जनले स्थानीय नागरिक र व्यापारीको हितलाई ध्यानमा राखेर सेवा प्रवाह गर्दै ललितपुरलाई सफा, सुन्दर र ‘स्मार्ट सिटी’ बनाउन लागिपर्ने बताए ।

‘स्थानीयवासी र व्यवसायीसँग हातेमालो गरेर अगाडि बढ्छौँ, तपाईंहरूको मागलाई हामी सम्बोधन गर्छौं, यो ज्ञापनपत्र बोर्ड बैठकमा पेस गर्छौं र कार्यान्वयनमा नीतिगत व्यवस्था गरेर अगाडि बढ्छौँ,’ नगरप्रमुख महर्जनले भने ।

ललितपुर तयारी पोसाक व्यापार सङ्घका संस्थापक अध्यक्ष तथा ललितपुर चेम्बर आफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले पछिल्लो समयमा व्यापार घट्दो अवस्थामा रहेको बताउँदै अव्यवस्थित फुटपाथ बजारलाई हटाइ भाडामा बस्ने व्यवसायीलाई संरक्षण गरिनुपर्ने बताए ।

उनले सटर भाडामा लिएर व्यवसाय गर्ने व्यवसायीलाई सहजरूपमा व्यवसाय गरी आम्दानी गरेर कर तिर्ने वातावरण तयार गर्न महानगरलाई आग्रह गरे । रासस

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ९ : १४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार