एसएसएफमा आबद्धता बढाउन सरकारले विशेष योजना ल्याओस्‌ : एनआरएनए अध्यक्ष केसी « Khabarhub

एसएसएफमा आबद्धता बढाउन सरकारले विशेष योजना ल्याओस्‌ : एनआरएनए अध्यक्ष केसी


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले सामाजिक सुरक्षा कोष (एसएसएफ) मा आबद्धता बढाउन सरकारले विशेष र ठोस योजना ल्याउनुपर्ने बताएका छन्‌ । सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा डा. केसीले यस्तो बताएका हुन्‌ ।

सरकारले कुनै ठोस योजना र कार्यक्रम ल्याउन नसक्दा वैदेशिक रोजगारीमा रहेका र विदेशमा अनौपचारिक क्षेत्रमा रहेको ठूलो सङ्ख्या अझै एसएसएफको दायरा बाहिर रहेका केसीले बताए ।

सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकारले ठोस योजना र अभिमुखिकरण कार्यक्रम गर्नुभन्दा पनि औपचारिकता र विदेश जानुपूर्वको अनिवार्य प्रक्रियाको रूपमा मात्रै सञ्चालन गर्दा विदेशमा रहेका श्रमिकहरूले यस कोषको महत्व नै बुझ्न नसकेको उनको भनाइ थियो ।

केसीले भने, ‘आजभन्दा तीन वर्षअघि नै गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषले मिलेर बढी भन्दा बढी श्रमिक र विदेशमा अनौपचारिक क्षेत्रमा रहेकाहरूलाई यस कोषमा समेट्ने सहमति नै गर्दा पनि आजसम्म एउटा पनि काम गर्न सकिएको छैन । एउटा पनि काम भएको छैन । यो विदेशमा जानुपूर्व पैसा तिरेर अनिवार्य गर्नैपर्ने प्रक्रियाको रूपमा मात्रै सञ्चालन भइरहेको छ । त्यसैले त ५० लाख बढी ब्राह्य श्रम बजारमा हुँदा पनि १२ लाख मात्रै यस कोषमा आबद्ध भएका छन् । अझ दुःखको कुरा जति नेपालबाट जाँदा आबद्ध भएका थिए । ती सबैले कोषमा निरन्तर योगदान गरेका छैनन् रिन्यू गर्नेको सङ्ख्या निकै कम छ । कोष स्थापना गर्नु ठूलो कुरा होइन, यस्ता कोषको प्रभावकारी कार्यान्वयन हुनु जरुरी छ । श्रमिकलाई यसका फाइदाबारे बुझाउन जरुरी छ ।’

सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने मात्रै नभई कोषमा निरन्तर रूपमा टिकाइराख्न सरकारले विशेष योजना बनाउनुपर्नेमा अध्यक्ष डा. केसीले जोड दिए । उनले कोषमा जम्मा भएको रकम नेपालको विकासका लागि लगानी गर्न सक्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

विदेशमा रहेका नेपाली श्रमिकलाई यस कोषमा आबद्ध हुँदाका फाइदाहरुबारे जानकारी गराउनुपर्नेमा जोड दिँदै उनले श्रमिकलाई नबुझाई यस कोषमा आबद्धता बढाउन नसकिने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ४ : १५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका