एसएसएफमा आबद्धता बढाउन सरकारले विशेष योजना ल्याओस्‌ : एनआरएनए अध्यक्ष केसी « Khabarhub

एसएसएफमा आबद्धता बढाउन सरकारले विशेष योजना ल्याओस्‌ : एनआरएनए अध्यक्ष केसी


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले सामाजिक सुरक्षा कोष (एसएसएफ) मा आबद्धता बढाउन सरकारले विशेष र ठोस योजना ल्याउनुपर्ने बताएका छन्‌ । सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा डा. केसीले यस्तो बताएका हुन्‌ ।

सरकारले कुनै ठोस योजना र कार्यक्रम ल्याउन नसक्दा वैदेशिक रोजगारीमा रहेका र विदेशमा अनौपचारिक क्षेत्रमा रहेको ठूलो सङ्ख्या अझै एसएसएफको दायरा बाहिर रहेका केसीले बताए ।

सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकारले ठोस योजना र अभिमुखिकरण कार्यक्रम गर्नुभन्दा पनि औपचारिकता र विदेश जानुपूर्वको अनिवार्य प्रक्रियाको रूपमा मात्रै सञ्चालन गर्दा विदेशमा रहेका श्रमिकहरूले यस कोषको महत्व नै बुझ्न नसकेको उनको भनाइ थियो ।

केसीले भने, ‘आजभन्दा तीन वर्षअघि नै गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषले मिलेर बढी भन्दा बढी श्रमिक र विदेशमा अनौपचारिक क्षेत्रमा रहेकाहरूलाई यस कोषमा समेट्ने सहमति नै गर्दा पनि आजसम्म एउटा पनि काम गर्न सकिएको छैन । एउटा पनि काम भएको छैन । यो विदेशमा जानुपूर्व पैसा तिरेर अनिवार्य गर्नैपर्ने प्रक्रियाको रूपमा मात्रै सञ्चालन भइरहेको छ । त्यसैले त ५० लाख बढी ब्राह्य श्रम बजारमा हुँदा पनि १२ लाख मात्रै यस कोषमा आबद्ध भएका छन् । अझ दुःखको कुरा जति नेपालबाट जाँदा आबद्ध भएका थिए । ती सबैले कोषमा निरन्तर योगदान गरेका छैनन् रिन्यू गर्नेको सङ्ख्या निकै कम छ । कोष स्थापना गर्नु ठूलो कुरा होइन, यस्ता कोषको प्रभावकारी कार्यान्वयन हुनु जरुरी छ । श्रमिकलाई यसका फाइदाबारे बुझाउन जरुरी छ ।’

सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने मात्रै नभई कोषमा निरन्तर रूपमा टिकाइराख्न सरकारले विशेष योजना बनाउनुपर्नेमा अध्यक्ष डा. केसीले जोड दिए । उनले कोषमा जम्मा भएको रकम नेपालको विकासका लागि लगानी गर्न सक्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

विदेशमा रहेका नेपाली श्रमिकलाई यस कोषमा आबद्ध हुँदाका फाइदाहरुबारे जानकारी गराउनुपर्नेमा जोड दिँदै उनले श्रमिकलाई नबुझाई यस कोषमा आबद्धता बढाउन नसकिने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ४ : १५ बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ