आयात-निर्यात घट्दो, १८% ले बढ्यो रेमिट्यान्स « Khabarhub

देशको आर्थिक अवस्था

आयात-निर्यात घट्दो, १८% ले बढ्यो रेमिट्यान्स


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आयात-निर्यात दुबै खुम्चिएको छ । आयात ०.६ र निर्यात ९.६ प्रतिशतले घटेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा उल्लेख भएअनुसार विप्रेषण आप्रवाह भने नेपाली रुपैयाँमा १८ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ९२ अर्ब २२ करोड र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रहेको केन्द्रीय बैंकले जानकारी दिएको हो ।

साउनमा सरकारको खर्च ४० अर्ब २१ करोड र राजस्व परिचालन ९४ अर्ब ७४ करोड रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ । सर्वसाधारणसँग भएको नगद, बैंक तथा वित्तीय संस्थामा कायम रहेको चल्ती निक्षेप, बैंक तथा वित्तीय संस्थामा कायम रहेको आवधिक निक्षेपको कूल योग अर्थात्‌ विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घटेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.७ प्रतिशतले घटेको र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.३ प्रतिशतले बढेको तथ्याङ्क केन्द्रीय बैंकले पस्किएको छ ।

वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.२ प्रतिशत छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ३ : ५६ बजे

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले