आयात-निर्यात घट्दो, १८% ले बढ्यो रेमिट्यान्स « Khabarhub

देशको आर्थिक अवस्था

आयात-निर्यात घट्दो, १८% ले बढ्यो रेमिट्यान्स


१० आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आयात-निर्यात दुबै खुम्चिएको छ । आयात ०.६ र निर्यात ९.६ प्रतिशतले घटेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा उल्लेख भएअनुसार विप्रेषण आप्रवाह भने नेपाली रुपैयाँमा १८ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ९२ अर्ब २२ करोड र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रहेको केन्द्रीय बैंकले जानकारी दिएको हो ।

साउनमा सरकारको खर्च ४० अर्ब २१ करोड र राजस्व परिचालन ९४ अर्ब ७४ करोड रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ । सर्वसाधारणसँग भएको नगद, बैंक तथा वित्तीय संस्थामा कायम रहेको चल्ती निक्षेप, बैंक तथा वित्तीय संस्थामा कायम रहेको आवधिक निक्षेपको कूल योग अर्थात्‌ विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घटेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.७ प्रतिशतले घटेको र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.३ प्रतिशतले बढेको तथ्याङ्क केन्द्रीय बैंकले पस्किएको छ ।

वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.२ प्रतिशत छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ३ : ५६ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने