शेखर निवास पुगे नवनिर्वाचित राष्ट्रिय सभा सदस्य सिटौला « Khabarhub

शेखर निवास पुगे नवनिर्वाचित राष्ट्रिय सभा सदस्य सिटौला


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको भोलिपल्ट कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेता डा. शेखर कोइराला निवासमा पुगेका छन् । विराटनगरस्थित कोइराला निवासमा शुक्रबार उनी पुगेका हुन् ।

२०७४ र २०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भएका सिटौला बिहीबार भएको राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । उनी कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । 

राष्ट्रिय सभा अध्यक्ष बन्ने दौडमा रहेका भनिएका सिटौला पार्टीका नेता कोइरालालाई भेट्न पुगेका हुन् । कांग्रेसभित्र इतर समूहको नेतृत्व लिएका कोइरालाले सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउनुपर्ने सार्वजनिक रुपमा बताउँदै आएका छन् ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ३ : २२ बजे

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित