मुगुमा विशेषज्ञ डाक्टर र औषधि पठाउन नेविसंघको माग « Khabarhub

मुगुमा विशेषज्ञ डाक्टर र औषधि पठाउन नेविसंघको माग


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुगुमा भाइरल ज्वरोले बिरामी परेकाहरूको उपचारका लागि डाक्टरसहित टोली पठाउन नेविसंघले सरकारसंग माग गरेको छ ।

मुगुको सोरू गाउँपालिकामा भाइरल ज्वरोका कारण ३ जनाको मृत्यु भइसकेको र कयौं बिरामी रहेको भन्दै नेविसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर चिकित्सक टोली पठाउन आग्रह गरेको हो ।

भाइरल ज्वरो देखिएका क्षेत्रमा विशेषज्ञ चिकित्सकसहितको टोली पठाउन स्वास्थ्य मन्त्रीलाई ध्यानाकर्षण गराइएको नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले बताए ।

मन्त्री बस्नेतले २४ घन्टाभित्र प्रभावित क्षेत्रमा औषधि र चिकित्सक टोली पठाउने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ३ : २४ बजे

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।