८९ रनमा अफगानिस्तानले गुमायो ८ विकेट « Khabarhub

८९ रनमा अफगानिस्तानले गुमायो ८ विकेट


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत नेपालविरुद्ध पहिला ब्याटिङ गरेको अफगानिस्तानको ८ विकेट गएको छ ।

नेपालका तीव्र गतिका बलर आकाश चन्द एक्लैले ५ विकेट लिएपछि धरासायी बनेको अफगानिस्तानको ब्याटिङ कसैले पनि सम्हाल्न सकिरहेका छैनन् ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले २१ ओभरमा ८ विकेट गुमाउँदै ९१ रन बनाएको छ ।
नेपालका लागि आकाश चन्द एक्लैले ५ विकेट लिँदा गुल्शन झा, तिलक भण्डारी र दिपेश कँडेलले १/१ विकेट लिए ।

अफगानिस्तानका लागि एएम गाजानफारले ३७, जम्सिद जार्दन ३, हसान इसाखिल २०, सोहिल खान ४ रनमा आउट हुँदा नूमन साह, खालिद तनिवाल र अलि अहमेद शून्य रनमा आउट भए ।

आज नेपालले आफ्नो टिममा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले दुर्गेश गुप्ता र उत्तर मगरको स्थानमा तिलक भण्डारी र दीपक बोहरालाई प्लेइङ ११ मा राखेको छ ।

सुपर–६ मा पुग्नका लागि लागि दुवै टिमलाई जितको आवश्यकता छ । यसअघि नेपाल र अफगानिस्तान दुवैले पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेका छन् ।

आइसीसीले समूहका शीर्ष तीन टिमलाई सुपर–६ खेलाउँदैछ । कुल १२ टिमले दुई समूहमा सुपर–६ खेल्नेछन् । दुवै समूहका शीर्ष २–२ टिमले सेमिफाइनल खेल्नेछन् ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ३ : ४३ बजे

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी– खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको

अवैध क्रसरबाट स्थानीय पीडित, विद्यालय र अस्पताल झनै समस्यामा

त्रिशूली– यहाँको विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी पीडित

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी– बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा १० वटा