स्वतन्त्र पत्रकारिताको मर्मविपरीत विधेयक आउँदैन : मुख्यमन्त्री पाण्डे « Khabarhub

स्वतन्त्र पत्रकारिताको मर्मविपरीत विधेयक आउँदैन : मुख्यमन्त्री पाण्डे


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र पत्रकारिताको मर्मविपरीत प्रदेश आमसञ्चार विधेयक नल्याइने प्रष्ट पारेका छन् ।

नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा आज पोखरामा आयोजित पुरस्कार अर्पण समारोहमा उनले पत्रकारिता जगत्बाट प्राप्त सुझावकै आधारमा सो विधेयक बन्ने बताए ।  

‘तपाईँहरू ढुक्क हुनुहोस्, प्रदेश सरकारले स्वतन्त्र पत्रकारिताको उद्देश्य र मर्मविरुद्ध हुनेगरी कानुन ल्याउँदैन, यहाँहरूले दिएको सुझावमा सामान्य यताउता होला, तर विधेयकको मूल सारमा कुनै परिवर्तन हुँदैन’, मुख्यमन्त्री पाण्डेले भने, ‘विषयगत समितिमा छलफल टुङ्गिएपछि आमसञ्चार विधेयकको अन्तिम प्रतिवेदन तयारीको काम भइरहको छ, प्रदेशसभाको आगामी हिउँदे अधिवेशनबाट पारित हुन्छ ।’

उनले सूचना प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रले आफ्नो विश्वसनीयता कायम राख्नुपर्ने चुनौती बढेको उल्लेख गरे। मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले पत्रकारिता क्षेत्रको विकास र पत्रकारको पेसागत सुरक्षाका लागि योजना बनाएर काम थालेको बताए । पत्रकारको वृत्तिविकास, लोककल्याणकारी विज्ञापनलगायतका क्षेत्रमा प्रदेश सरकारले लगानी वृद्धि गरेको उनले उल्लेख गरे।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ६ : ३३ बजे

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।