कोशीमा भएको अन्तरघातको गठबन्धनले छानविन गर्ने | Khabarhub Khabarhub

कोशीमा भएको अन्तरघातको गठबन्धनले छानविन गर्ने


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा गठबन्धनकी उम्मेदवार चम्पा कार्की पराजित भएको विषयमा छानविन हुने भएको छ ।

राष्ट्रियसभामा गठबन्धनका उम्मेदवार कृष्ण प्रसाद सिटौलाले जिते पनि माओवादीको कोटाबाट उठेकी चम्पा कार्की पराजित भएपछि सत्ता गठबन्धन दलहरूले यसबारे छानविन गर्ने भएका हुन् । 

चुनावको समीक्षा गर्न शुक्रबार बसेको बैठकपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै अन्तरघात भएको विषयमा छानविन गरिने प्रतिवद्धता जनाएका छन् । 

विहीबार भएको राष्ट्रियसभाको चुनावमा कोशी प्रदेशबाट एमालेकी रुकमणि कोइराला विजयी भएकी थिइन् । 

गठबन्धनभित्र क्रस भोटिङ भएको भन्दै यस विषयमा छानविन गरिने सत्तारुढ दलहरूले प्रतिवद्धता जनाएका हुन् ।

सत्तारुढ दलका प्रदेश स्तरीय नेताहरुले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ,‘गठबन्धनको निर्णय विपरीत मतदान गर्ने गठबन्धन दलका गैरजिम्मेवार तथा निकृष्ठ जनप्रतिनिधिहरुको सम्बन्धमा यथाशिघ्र छानविन गरी अनुशासनको दायरामा ल्याउन हामी प्रतिवद्ध छौं ।’

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ७ : ३४ बजे

दिल्ली विस्फोट : कारभित्र थिए पुलवामाका डाक्टर उमर, अहिलेसम्म १२ को मृत्यु

नयाँ दिल्ली- दिल्लीमा सोमबार साँझ लालकिल्ला मेट्रो स्टेशनको गेट नम्बर

शान्ति पुनर्स्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार

राँझा– मानवबेचबिखन तथा ओसारपरसाविरुद्ध क्रियाशील संस्था शान्ति पुनर्स्थापना  गृह बाँकेले

पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत

ढाका– बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको

राष्ट्रिय सतर्कता केन्द्रलाई कर्मचारी र कार्यालय भवनको अभाव

काठमाडौं– सार्वजनिक निकायको सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन र

मधेशका मुख्यमन्त्री यादवविरुद्ध ७४ जना प्रदेशसभा सदस्यले सर्वोच्चमा दिए रिट

जनकपुरधाम– मधेस प्रदेश सरकारमा मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा