कोशीमा भएको अन्तरघातको गठबन्धनले छानविन गर्ने « Khabarhub

कोशीमा भएको अन्तरघातको गठबन्धनले छानविन गर्ने


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा गठबन्धनकी उम्मेदवार चम्पा कार्की पराजित भएको विषयमा छानविन हुने भएको छ ।

राष्ट्रियसभामा गठबन्धनका उम्मेदवार कृष्ण प्रसाद सिटौलाले जिते पनि माओवादीको कोटाबाट उठेकी चम्पा कार्की पराजित भएपछि सत्ता गठबन्धन दलहरूले यसबारे छानविन गर्ने भएका हुन् । 

चुनावको समीक्षा गर्न शुक्रबार बसेको बैठकपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै अन्तरघात भएको विषयमा छानविन गरिने प्रतिवद्धता जनाएका छन् । 

विहीबार भएको राष्ट्रियसभाको चुनावमा कोशी प्रदेशबाट एमालेकी रुकमणि कोइराला विजयी भएकी थिइन् । 

गठबन्धनभित्र क्रस भोटिङ भएको भन्दै यस विषयमा छानविन गरिने सत्तारुढ दलहरूले प्रतिवद्धता जनाएका हुन् ।

सत्तारुढ दलका प्रदेश स्तरीय नेताहरुले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ,‘गठबन्धनको निर्णय विपरीत मतदान गर्ने गठबन्धन दलका गैरजिम्मेवार तथा निकृष्ठ जनप्रतिनिधिहरुको सम्बन्धमा यथाशिघ्र छानविन गरी अनुशासनको दायरामा ल्याउन हामी प्रतिवद्ध छौं ।’

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ७ : ३४ बजे

आज २०८३ साल भदौ २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष