आँबुखैरेनीका सबै वडाको आफ्नै भवन « Khabarhub

आँबुखैरेनीका सबै वडाको आफ्नै भवन


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिकाका सबै वडा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा आएका छन् । चालु आर्थिक वर्षमा दुई वडा कार्यालयको भवन निर्माण सम्पन्न भएसँगै गाउँपालिकाका सबै वडा कार्यालयले आफ्नै भवनबाट सेवा सुरु गरेका छन् ।

चालु आर्थिक वर्षमा वडा नं २ र ६ को कार्यालय भवन निर्माण गरिएको छ । गत आर्थिक वर्षसम्ममा वडा नं १, ४ र ५ को कार्यालय भवन निर्माण भएको थियो । वडा नं ३ भने गाउँपालिकाकै कार्यालयबाट सञ्चालित छ ।

वडा कार्यालयको सेवा सहज र सरलरूपमा प्रवाह गर्ने उद्देश्यसहित वडा भवन बनाउने नीतिबमोजिम सबैको भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । उनले भने, “भाडामा घरमा, साँघुरा कोठामा वडा कार्यालय सञ्चालन हुँदा सेवा प्रवाहमा कठिनाइ भइरहेको थियो । सुविधासम्पन्न भवन निर्माण भएसँगै जनताको काम गर्न सहजता आउनेछ ।”

वडा नं ६ को नवनिर्मित भवनबाट हालै सेवा प्रवाह सुरु गरिएको छ । यसअघि भाडाको घरमा सञ्चालित वडा कार्यालयको भवन निर्माण सम्पन्न गरी सोही भवनबाट सेवा प्रवाह सुरु गरिएको वडाध्यक्ष दिलीप गुरुङले जानकारी दिए । यसअघि भाडामा लिइएको भवनबाट सेवा प्रवाह गर्दा साँघुरो ठाउँ भएका कारण समस्या हुँदै आएको थियो । उनले भने, “सुविधासम्पन्न भवन निर्माणपछि सेवा प्रवाहमा सहजता हुनेछ ।”

एक हजार एक सय १७ वर्गफिट क्षेत्रफलमा फैलिएको दुई तला भवन रु ६३ लाख २० हजार छ सय ७९ मा सम्पन्न भएको हो । रु एक करोड ११ लाख सात हजार दुई सय ९७ अनुमान गरिएको भवन रु ७३ लाख ५४ हजार एक सय ५९ मा विसं २०७८ असोज २४ मा ठेक्का सम्झौता भएको थियो । आव २०७७/७८ को योजनाबमोजिम निर्माण थालिएको भवनको ठेक्का श्री मनकामना गुरुङ निर्माण सेवाले लिएको थियो ।

यसअघि वडा नं १, २, ४ र ५ को भवन निर्माण सम्पन्न भइसकेको छ । वडा नं ३ गाउँपालिकाकै भवनबाट सञ्चालित छ । वडा नं २ को भवन पनि हालसालै सम्पन्न भएको हो । वडा नं २ को भवन रु एक करोड ९७ लाख ५७ हजार लागत अनुमान रहेकामा रु एक करोड २२ लाख ६४ हजारमा ठेक्का सम्झौता भएको थियो । गाउँपालिकाले उक्त भवन निर्माण गरेबापत निर्माण कम्पनीलाई रु एक करोड १० लाख भुक्तानी गरेको थियो ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ९ : १० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल