युद्धको तेस्रो वर्षमा निर्णायक हुन सक्छ वैदेशिक सहयोग | Khabarhub Khabarhub

युद्धको तेस्रो वर्षमा निर्णायक हुन सक्छ वैदेशिक सहयोग


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

युक्रेन र रुसबीच युद्ध भएको दुई वर्ष पूरा भएको छ । यस बिचमा दुवै देशले पाएको या गुमाएको भन्ने विषयको बहस धेरै टाढाको हो । कतिको ज्यान गयो भन्ने मुख्य विषय हो । एक जर्मन सैन्य अधिकारीकै अनुसार यस बिचमा रुसले नै धेरै कुरा गुमाएको छ ।

रुसको सैन्य शक्ति दिन प्रतिदिन कमजोर हुँदै गएको ती अधिकारीको ठहर छ । किभमा युक्रेनी सेनाको सहयोगका लागि तैनाथ जर्मन सैन्य जत्थाका प्रमुख क्रिस्चियन फ्रेडिङका अनुसार युद्धमा ३ लाख जना मारिएका छन् या गम्भीर चोट बोकेका छन् । अमेरिकी कूटनैतिक नियोगले दिएको जानकारी अनुसार ३ लाख १५ हजार रुसी सेना मारिएका छन् या उनीहरू घाइते भएका छन् । जर्मन रक्षा मन्त्री बोरिस पिस्टोरियसका विशेष सल्लाहकार समेत रहेका फ्रेउडिङको बिचारमा रुसले यस बिचमा धेरै कुराको क्षति सहेको छ ।

जनवरी महिनामा नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ४ लाख ८६ हजार जनाले स्वयंसेवकको रूपमा रुसी सेनालाई साथ दिएको बताएका छन् । जनवरीमा जर्मनहरूले यो रिपोर्ट सार्वजनिक गरेको एक महिना अगाडि नै रुसले गएको १८ वर्षमा जम्मा गरेको सैन्य शक्तिको अहिले क्षय भएको जनाएको थियो । रुसले भने बारम्बार युद्धमा मारिने रुसी सेनाको सङ्ख्याको विषयमा पश्चिमाहरूले अनावश्यक प्रचार प्रसार गरेको दाबी गरेका छन् ।

साताको अन्त्यमा विधायकहरूका सामु अमेरिकी राष्ट्रपति जो बाइडेन कुनै पनि सर्तमा युक्रेनमाथिको सहयोगलाई निरन्तरता दिने पक्षमा छन् । रुसले ३ हजार १ सयको हाराहारीमा ट्याङ्कको साथमा युद्धको सुरुवात गरेको थियो । यसमध्ये २ हजार २ सय पास भई सकेका छन् । बाँकी रहेका टी ६२ ट्याङ्क पनि सन् १९७० भन्दा अघि नै बनाइएका हुन् ।

युक्रेनले सुरुवाती दिनमा धेरै क्षति भए सहे पनि अन्त्यमा रुसी सेनाको भन्दा कम क्षति सहेको छ । अगस्ट महिनामा न्यु योर्क टाइम्समा प्रकाशित एक रिपोर्टका अनुसार युक्रेनले लगभग ७० हजारको हाराहारीमा क्षति सहेको थियो ।

अहिले जर्मनी र अमेरिकी दाबी भन्दा पनि युक्रेनको दाबी अझ फरक छ । गएको बिहीबार मात्र युक्रेनले युद्धमा ४ लाख ७ हजार २ सय ४० जना रुसी सेनाले ज्यान गुमाएको दाबी गरेको थियो । उसले बिहीबार गरेको दाबी अनुसार गएको २४ घण्टामा मात्र १ हजार १ सय ६० जनाले ज्यान गुमाएका थिए । सोही दिन मस्कोले पछिल्लो घण्टामा १ हजार २ सय जना युक्रेनी सेनाको ज्यान गएको दाबी गरेको थियो । युक्रेनी वार्ताका लागि पूर्वविशेष अमेरिकी प्रतिनिधि कर्ट भोल्कर भने दुवै पक्षले आफू अनुकूल दाबी गरे पनि एकै रातमा मृत्यु हुनेको सङ्ख्या यकिन गर्न कठिन भएको जनाएका छन् ।

अगस्ट महिनामा अमेरिकी अधिकारीहरूले दुवै पक्षका गरी कुल ५ लाख जनाको ज्यान गएको जनाएको थियो । बेलायतले भने यस बिचमा ३ लाख ५० हजार रुसी सेनाको ज्यान गएको जनाएको छ । अहिले १ लाखको हाराहारीमा वाग्नर समूह पनि युद्धमा समाहित छ । त्यसै समूहका पनि धेरै जना मरेको बेलायती अधिकारीले जनाएका छन् ।

युक्रेनको समस्या भने फरक छ । युक्रेनमा मर्ने भन्दा बढी घाइतेका सङ्ख्या छ । ७० हजार युक्रेनीको ज्यान जाँदा १ लाख २० हजार जना घाइते भएका थिए । अगस्ट महिनामै रुसी रक्षा मन्त्रीले तीन महिनाको अन्तरालमा मात्र ४३ हार युक्रेनी सेना हराएको दाबी गरेका थिए । मध्य जुनमा रुसी राष्ट्रपति पुटिनले युक्रेनले प्रत्याक्रमण सुरु गरे पछि रुसले भन्दा युक्रेनले १० गुणा बढी क्षति सहेको दाबी गरेका थिए । रुसी रक्षा मन्त्री सन् २०२२ को फेब्रुअरी यता ३ लाख ८० हजार जना युक्रेनी मरेको दाबी गरेका थिए ।

हग सेन्टर फर स्ट्रेटेजिक स्टडीजका विश्लेषक फ्रेडरिक मेरटेन्सले युद्ध सुरु भएको पहिलो गृष्मसम्मका धेरै क्षति भएको बताएका छन् । त्यसै समयमा अन्तर्राष्ट्रिय सहयोग युक्रेन पुग्न थाले पछि युक्रेनले कम क्षति सहन थालेको हो । रुसको कुल सैन्य जत्था संसारकै ठुलो मानिन्छ । ११ लाख सक्रिय तथा रिजर्भमा १५ लाख सेना भएको जनाइन्छ । युक्रेनसँग ५ लाख सक्रिय र ८ लाख रिजर्भ सेना भएको जनाइएको छ । सुरुमा बाख्मुतमा भएको भिडन्तमा सबै भन्दा धेरै जनाको क्षति भएको थियो । त्यहाँको भीषण युद्ध दुवै पक्षले त्यत्तिकै क्षति सहेका थिए ।

यसै गरी १० अक्टोबर २०२३ मा डोन्सटेकको एदीभ्कामा रुसले आक्रमण गरे पछि सबै भन्दा छिटो गतिमा जन धनको नास हुन सुरु भएको थियो । यी दुईमा नै प्रभाव जमाउनका लागि रुसले धेरै सेनाको ज्यान हत्केलामा राखेको हो । अहिले पनि रुससँग धेरै हतियार र ट्याङ्क छन् । परन्तु ती धेरै पुराना भई सकेका छन् । सन् २०२४ को सुरुवातमा रुसी सेनासँग १ हजार ७ सय ५० तथा युक्रेनसँग ९ सय ३७ ट्याङ्क रहेको जनाइएको छ । परन्तु युक्रेनको ट्याङ्क नयाँ र भरपर्दो जनाइएको छ । अहिले युक्रेनको साथमा रहेका धेरै ट्याङ्कहरू जर्मनीले सहयोग स्वरूप प्रदान गरेको हो ।

युद्ध तेस्रो वर्षमा प्रवेश गरेको छ । तेस्रो वर्षको सुरुवातमा युक्रेनको चासो पश्चिमा देशको प्रतिबद्धतामा निर्भर रहेको छ । पश्चिमा देशले प्रतिबद्धता गरे अनुसारको सहयोग पाएमा जित हता पार्ने सोचमा युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकी छन् । अहिले रुस र युक्रेन बिच युद्ध जारी भए पनि यस युद्धले सिङ्गो संसारलाई प्रभावमा पारेको छ । युरोपेली युनियनले युक्रेनलाई आगामी चार वर्षसम्म वार्षिक १३ दशमलव ५ अर्ब अमेरिकी डलर सहयोग गर्ने जनाइ सकेको छ । परन्तु अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार यो रकम अपुग हो । वार्षिक ३७ खर्व अमरेकी डलर बाह्य सहयोग युक्रेनका लागि आवश्यक छ । अहिले औद्योगिक राष्ट्रको सम्मेलन, नाटो र अन्य अमेरिकी निकट देशहरूको बिचमा युक्रेनलाई गर्ने सहयोगका बारे चर्चा चलेको छ ।

युद्ध सुरु भए यता रुसले सहजै जित हता पार्ने अनुमान गरेको थियो । सुरुवाती केही महिनामा रुसी सेना हाबी पनि भएका थिए । जब पश्चिमा देशहरूले युक्रेनलाई सहयोग गर्न सुरु त्यस पछि युक्रेनले दरिलो प्रतिरक्षा गरेको छ । यसै प्रतिरक्षा एउटा प्रमुख कारण हो की रुस हार्न चाहँदैन । युक्रेन आफूले जित्ने अनुमान गर्छ । दुवै पक्ष पछिल्लो समय सुरुवाती समयमा जस्तो आक्रामक छैन । सायद पश्चिमा देशबाट आशा गरे जस्तो सहयोग नपाए युक्रेन लचिलो हुन सक्ने छ । त्यसै किसिमको सहयोग जारी रहे रुसी राष्ट्रपति पुटिनका लागि एउटा गम्भीर निर्णय गर्न जरुरी हुने अवस्था देखिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ९ : ०२ बजे

रुसले फेरि हवाई आक्रमण सुरु गर्‍यो : युक्रेन

किएभ– मस्को र किएभले एकअर्कामाथि इस्टर युद्धविराम उल्लङ्घन गरेको आरोप

बैंकक पुगेर परराष्ट्रमन्त्रीले भनिन्- अव्यवस्थित शहरीकरण विश्वमै समस्या 

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै

भारत पुगे जेडी भान्स, ताज महल घुम्ने, जयपुरमा बिहेको निम्तो पनि मान्ने

काठमाडौं– अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत पुगेका छन् । चारदिने

जलविद्युत् आयोजनाले पानी नछाड्दा चैते धान रोप्न समस्या

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट

प्रधानमन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच भेट, प्रदेशको विकास बारे छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर