सरकार र मिटरब्याजपीडितबीच आज पनि वार्ता « Khabarhub

सरकार र मिटरब्याजपीडितबीच आज पनि वार्ता


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकार र मिटरब्याजपीडितका प्रतिनिधिबीच आज पनि वार्ता हुँदैछ । वार्ता बिहान ११ बजे गृहमन्त्रालयमा हुनेछ ।

सरकार र मिटरब्याजपीडितबीच हिजो बेलुका भएको वार्ता निष्कर्षमा नपुगेपछि आज बस्ने गरी सकिएको थियो ।

आजको वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने तयारी रहेको छ ।

हिजोको वार्तामा मिटरब्याज तथा ठगिविरुद्ध किसान–मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहसहितको टोली र सरकारको तर्फबाट गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितसहितको टोली सहभागी थिए ।

सरकारले वार्ताका लागि हिजो नै सरकारी वार्ता टोली बनाएर पीडित पक्षलाई छलफलमा बोलाएको थियो ।

झण्डै चार हजार पीडित गत बुधबार काठमाडौँ आइपुगेका थिए । गत पुस १६ गतेबाट पूर्वीनाका काँकडभिट्टा र पश्चिमको गड्डाचौकीबाट ‘न्यायका लागि मार्चपास’ सुरु गरेका थिए ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ८ : ३४ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने