जर्मन बुन्डेसलिगा : होफेनहेइमसँग बोरुसिया डर्टमण्ड स्तब्ध « Khabarhub

जर्मन बुन्डेसलिगा : होफेनहेइमसँग बोरुसिया डर्टमण्ड स्तब्ध


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा होफेनहेइमसँग बोरुसिया डर्टमण्ड पराजित भएको छ । गएराति भएको खेलमा डर्टमन्डलाई ३–२ गोलले हराउँदै होफेनहेइम विजयी भएको हो ।

होफिनहेइमका म्याक्सिमिलियन बेयरले दुई तथा इहलास बेबुले एक गोल गरेका थिए । डर्टमन्डका डोनिएल मालेन र निको स्लोटरबेकले एक–एक गोल गरेका थिए ।

खेल सुरु भएको दोस्रो मिनेटमै होफिनहेइमका बेबुले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर २१औँ मिनेटमा मालोनले गोल फर्काउँदै डर्टमन्डलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि २५औँ मिनेटमा स्लोटरबेकले गोल गर्दै डर्टमन्डलाई २–१ को अग्रता दिएका थिए । तर दोस्रो हाफको ६१औँ र ६५औँ मिनेटमा बेयरले लगातार दुई गोल गर्दै होफिनहेइमलाई ३–२ गोलको जित दिलाए ।

यो जितसँगै २३ खेलबाट ३० अंक जोडेको होफेनहाइम सातौँ स्थानमा छ । पराजित भएको डर्टमण्ड ४१ अंकसहित चौथो स्थानमा छ ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ९ : ३० बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ