एमालेको नाराबाजीपछि संसद बैठक स्थगित « Khabarhub

एमालेको नाराबाजीपछि संसद बैठक स्थगित


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

आज प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद गोकुल बाँस्कोटाले एमालेसहित प्रतिपक्षी दलले बालकुमारीसहितका घटनालगायतका विषयमा मागेको जवाफ सरकारले नदिएको भन्दै आपत्ति जनाएका थिए ।

सांसद बास्कोटाले विवादित मन्त्रीले कि त राजीनामा नभए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग गरे । प्रधानमन्त्रीले कसको दबाबमा जवाफ नदिएको भन्दै उनले प्रश्न समेत गरे ।

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहन बस्नेत तथा संस्कृतीमन्त्री सुदन किरातीको राजीनामा माग गरे ।

सभामुखबाट समेत रुलिङ भएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएको भन्दै एमालेसहित प्रतिपक्षी दल राप्रपा र रास्वपाले विरोध जनाएका थिए ।

तर, सभामुख देवराज घिमिरेले बैठक अघि बढाउन खोजेपछि एमाले सांसदहरुले नाराबाजी गरे । सभामुख घिमिरेले आजको बैठक महत्वपूर्ण रहेकाले सहयोग गर्न आग्रह गरे ।

तर, ‘भ्रष्ट मन्त्री राजीनामा दे’जस्ता नारा लगाउँदै एमाले सांसदले उठेर विरोध जनाइरहे पछि सभामुख घिमिरेले १५ मिनेटका लागि स्थागित गरेको बैठक अझै सुरु हुन सकेको छैन ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ११ : ५१ बजे

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ