बगमतीमा संसदीय समितिको नेतृत्व चयनका लागि कार्यदल गठन « Khabarhub

बगमतीमा संसदीय समितिको नेतृत्व चयनका लागि कार्यदल गठन


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मनहरी– फागुनभित्र संसदीय समितिको नेतृत्व चयन गर्न बागमती प्रदेशका राजनीतिक दल सहमत भएका छन् । आइतबार बसेको सर्वदलीय बैठकमा उक्त सहमति भएको हो । 

नेतृत्व चयनका लागि बैठकले दलका सचेतकको नेतृत्वमा एउटा कार्यदलसमेत गठन गरेको छ । कार्यदलको संयोजकमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्द लम्साल रहेका छन् । कार्यदललाई १० दिनभित्र आवश्यक छलफल गरी प्रतिवेदन तयार गर्न निर्देशन दिइएको छ । 

प्रदेशसभा बैठक सञ्चालन गर्ने सम्बन्धमा सबै दल सकारात्मक रहे पनि ठोस निर्णय भने सर्वदलीय बैठकमा हुन सकेन । संसद् सञ्चालनका विषयमा दलबीच सहमति जुट्न नसकेपछि यही फागुन १५ गते बिहान ८ बजे पुनःसर्वदलीय बैठक बस्ने गरी आइतबारको बैठक स्थगित भएको थियो । सो बैठकमा सत्तापक्ष र विपक्षी दलबीचको सहमति, अन्तद्वन्द्वलाई समाधान गर्ने प्रयास हुने जनाइएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हिजोको छलफलमा संसद् सञ्चालनको विषयसहित अन्य विषयमा छलफल भए पनि सहमति जुट्न नसकेको बताए। उनले सदन सञ्चालनका विषयमा सबै दल सकारात्मक रहे पनि अन्य विषयमा भने सहमति जुट्न नसकेको उनको भनाइ छ । संसद् र संसदीय समितिको नेतृत्वका विषयमा पनि दलबीचको समस्या समाधान भएको उनको भनाइ छ । उनका अनुसार सरकार र प्रतिपक्ष दलबीचको सहमतिलगायत विषयमा अन्य विकल्पमा सहमति खोज्ने प्रयास जारी छ ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले छलफलमा सहमति जुट्न नसकेको र प्रयास जारी रहेको बताए। उनले सरकार र प्रतिपक्षबीचको सहमतिका विषयमा गम्भीररूपमा छलफल भइरहेको उल्लेख गरे । 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १२ : ४७ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको