गगनले भने – ‘विवादमा आएका  मन्त्री र सांसदलाई घरमै राखेर अनुसन्धान गरौँ’ « Khabarhub

गगनले भने – ‘विवादमा आएका  मन्त्री र सांसदलाई घरमै राखेर अनुसन्धान गरौँ’


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विवादमा आएका  मन्त्री र सांसदलाई घरमै राखेर अनुसन्धान गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका, सरकारी जग्गा हिनामिनामा मुछिएका, नागरिकता र सहकारी ठगीमा विवादित मन्त्री र सांसदहरूलाई घर पठाउन आग्रह गरेका हुन् ।

संसद्मा आसनको दाँया बस्ने होस् कि बाँया बस्ने, काखैको वा पाखैको बस्ने, अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालको झन्डा छोपेर घर पठाउन उनले आग्रह गरे ।

उनले भने, ‘विवादमा देखिएका सांसद वा मन्त्रीलाई घरमा राखेर अनुसन्धान गरौँ र निर्दोष भएर फर्किए फूल माला लगाएर स्वागत गरौँला । दोषी भए दण्ड बेहोर्नुहोला ।’

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १ : ३६ बजे

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित