सार्वजनिक ऋण भुक्तानीका लागि मात्रै १ खर्ब आवश्यक : अर्थमन्त्री « Khabarhub

सार्वजनिक ऋण भुक्तानीका लागि मात्रै १ खर्ब आवश्यक : अर्थमन्त्री


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी आर्थिक वर्षका लागि सार्वजनिक ऋण भुक्तानीका लागि मात्रै १ खर्ब रुपैयाँ छुट्याउनुपर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री महतले सार्वजनिक ऋणको भार बढ्दै जाँदा १ खर्ब छुट्याउनुपर्ने अवस्था आएको बताए ।

सामाजिक सुरक्षा कोषमा सिर्जित दायित्व बढ्दै जानु सरकारका लागि चुनौतीपूर्ण रहेको उनले बताए । हाल राजस्व संकलन लक्ष्यअनुसार नभए पनि गत वर्षको तुलनामा करिब १० प्रतिशत बढेको र आगामी दिनमा थप बढ्ने उनले जानकारी दिए ।

वित्तीय क्षेत्रको सहकारी तथा लघुवित्तहरुमा समस्या देखिएको उनले बताए । सार्वजनिक खर्चलाई मितव्ययी र राष्ट्रिय प्राथमिकताका क्षेत्रमा परिचालन गर्न आवश्यक रहेको उनले जानकारी दिए ।

थप आयोजना तथा दरबन्दीले खर्च व्यवस्थापन चुनौतीपूर्ण बनेको र सक्रिय जनशक्ति पलायनको समस्या रहेको अर्थमन्त्री महतको भनाई छ । आउँदो बजेटमा उत्पादन वृद्धि, रोजगारको सिर्जना गर्नेगरी अर्थतन्त्रलाई दिशा निर्देशन गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।

पूँजीगत खर्चको प्रभावकारिता वृद्धि गर्न गरिएको पहल, मौद्रिक र वित्तीय नीतिबीचको तादम्यता मिलाउन गरिएको पहलले अर्थतन्त्र सहज भएको उनका भनाई छ ।

ब्याजदर एकल विन्दुमा झर्ने क्रम रहेको, घरजग्गा कारोबार र पूँजीबजार सुधारोन्मुख भएको, विदेशी विनिमय पर्याप्तता, राजस्व बृद्धिदर १० प्रतिशत जस्ता कारणले देशको अर्थतन्त्र सुध्रिदै गएको उनले तर्क गरे । तर, मुलुकको अर्थतन्त्र लयमा फर्कन थालेपनि बाह्य र आन्तरिक कारणले चुनौती मुक्त भने नभएको उनले सुनाए ।

प्रविधिमा आएको परिवर्तनले राजस्व संकलनमा चुनौती थपिएको अर्थमन्त्री महतको भनाई छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १ : ४७ बजे

कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नीति

सिन्धुलीकी टङ्कमायाको हत्यामा संलग्न रहेको अरोपमा दुई जना पक्राउ

सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको

पर्वतारोहण सङ्घलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल

१५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु

काठमाडौं – काठमाडौंको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति

नेपालका लागि डिजिटल रुपान्तरण अनिवार्य : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा सुशासन,