नयाँ अभियानको घोषणा गर्दै राजेन्द्र महतोले छाडे लोसपा « Khabarhub

नयाँ अभियानको घोषणा गर्दै राजेन्द्र महतोले छाडे लोसपा


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् ।

 नेता महतोले नयाँ अभियानको घोषणा गर्दै लोसपा छोडेका हुन् । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरे। बहुल राष्ट्रिय राज्य बनाउने लक्ष्य रहेको जनाएका छन्।

लोसपामा वरिष्ठ नेता रहेका महतो असन्तुष्ट थिए। अध्यक्ष महन्थ ठाकुरले गरेको पदाधिकारी मनोनयनप्रति असन्तुष्ट उनले मङ्सिरको केन्द्रीय समिति समेत बहिष्कार गरेका थिए।

पहिचानवादीहरू एकल आयामिक गोलचक्करमा फसेकै कारण विगत चार दशक अगाडि सुरु भएको पहिचानवादी आन्दोलन शासकीय षड्यन्त्रको शिकार भइ अधुरो रहन गएको उनले बताए । 

उनले हिमाल, पहाड, तराईका अधिकार तथा पहिचानवादी उत्पीडित राष्ट्रियताहरु तथा देशमा सुशासन र समृद्धि चाहनेहरू सबै संयुक्त रुपमा एकताबद्ध भई बहुल राष्ट्रिय राज्य निर्माणको निम्ति राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता रहेको बताए । अहिले अभियानको मात्रै घोषणा गरिएको र पार्टीको रुप ग्रहण नगरेको उनको भनाइ छ । 

महतोले देशमा एकल राष्ट्रिय राज्यको चिन्तन र सोचबाट संविधान निर्माण र राज्यको सञ्चालन भइरहेको कारणले नेपाल सबै नेपालीको लागि बन्न नसकेको तर्क गरे । 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  २ : २१ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर