नयाँ अभियानको घोषणा गर्दै राजेन्द्र महतोले छाडे लोसपा « Khabarhub

नयाँ अभियानको घोषणा गर्दै राजेन्द्र महतोले छाडे लोसपा


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् ।

 नेता महतोले नयाँ अभियानको घोषणा गर्दै लोसपा छोडेका हुन् । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरे। बहुल राष्ट्रिय राज्य बनाउने लक्ष्य रहेको जनाएका छन्।

लोसपामा वरिष्ठ नेता रहेका महतो असन्तुष्ट थिए। अध्यक्ष महन्थ ठाकुरले गरेको पदाधिकारी मनोनयनप्रति असन्तुष्ट उनले मङ्सिरको केन्द्रीय समिति समेत बहिष्कार गरेका थिए।

पहिचानवादीहरू एकल आयामिक गोलचक्करमा फसेकै कारण विगत चार दशक अगाडि सुरु भएको पहिचानवादी आन्दोलन शासकीय षड्यन्त्रको शिकार भइ अधुरो रहन गएको उनले बताए । 

उनले हिमाल, पहाड, तराईका अधिकार तथा पहिचानवादी उत्पीडित राष्ट्रियताहरु तथा देशमा सुशासन र समृद्धि चाहनेहरू सबै संयुक्त रुपमा एकताबद्ध भई बहुल राष्ट्रिय राज्य निर्माणको निम्ति राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता रहेको बताए । अहिले अभियानको मात्रै घोषणा गरिएको र पार्टीको रुप ग्रहण नगरेको उनको भनाइ छ । 

महतोले देशमा एकल राष्ट्रिय राज्यको चिन्तन र सोचबाट संविधान निर्माण र राज्यको सञ्चालन भइरहेको कारणले नेपाल सबै नेपालीको लागि बन्न नसकेको तर्क गरे । 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  २ : २१ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन