यौन दुर्व्यवहारको आरोपमा कृष्ण कँडेलविरुद्ध मुद्दा दायर « Khabarhub

यौन दुर्व्यवहारको आरोपमा कृष्ण कँडेलविरुद्ध मुद्दा दायर


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


31.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेलिभिजन कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्णप्रसाद कँडेलविरुद्ध यौन दुर्व्यवहारको आरोपमा मुद्दा दायर भएको छ ।

इन्द्रेणी कार्यक्रमकै पूर्वकलाकार शर्मिला श्रेष्ठले आइतबार कँडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको सूचना अधिकारी चन्द्रप्रकाश पन्थीले जानकारी दिए ।

कँडेलले नक्कली फेसबुक खाताबाट अश्लील सन्देश पठाउने गरेको र यौन प्रस्ताव राखेको शर्मिलाको आरोप छ ।

एक साताअघि इन्द्रेणीबाट निष्काशनमा परेका शर्मिलालगायतका कलाकारहरुले कँडेलविरुद्ध विभिन्न आरोप लगाएका थिए ।

त्यसपछि कँडेलले गत शुक्रबार उनीसहित ६ जनाविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ४ : ५३ बजे

ओमनविरुद्ध नेपालको सहज जित

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी