बारामा ग्यास सिलिन्डर पड्‌किँदा एकजनाको मृत्यु, पाँच घाइते « Khabarhub

बारामा ग्यास सिलिन्डर पड्‌किँदा एकजनाको मृत्यु, पाँच घाइते


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारामा एउटा वर्कसपमा ग्यास सिलिन्डर पड्‌किँदा एक जनाको मृत्यु भएको छ। घटनामा अन्य पाँच जना घाइते भएका छन्।

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार मृत्यु हुनेमा निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम मगर रहेका छन्।

निगढ-७ बजारमा रहेको उनको वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा सिलिन्डर पड्‌किँदा सोमबार मध्यान्ह उनी गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा बयोधा अस्पताल वीरगञ्जमा दिउँसो साढे १ बजे मृत्यु भएको न्यौपानेले बताए।

यस्तै, घाइते हुनेमा निजगढ नगरपालिका-५ का ४५ वर्षीय सूर्यबहादुर थापा घाइते भएका छन्। उनको सामुदायिक प्रसूति गृह बारामा उपचार भइरहेको छ।

यस्तै, पर्सा वीरगन्ज महानगरपालिका-९ बस्ने ३४ वर्षीय फिरोद देवान घाइते भएका छन्। उनको बयोधा अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ।

यस्तै, वीरगन्ज-९ कै २० वर्षीय रितु रजक घाइते छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी, भारत गवाई बस्ने ३५ वर्षीय राकेश जयसवाल र भारत रामघडजाका २० वर्षीय अरविन साह घाइते भएका छन्। उनको बयोधा अस्पतालमै उपचार भइरहेको न्यौपानेले बताए।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ५ : १९ बजे

परराष्ट्रमन्त्री खनाल र सुडानी राजदूत एल्टोमबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा