बारामा ग्यास सिलिन्डर पड्‌किँदा एकजनाको मृत्यु, पाँच घाइते « Khabarhub

बारामा ग्यास सिलिन्डर पड्‌किँदा एकजनाको मृत्यु, पाँच घाइते


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारामा एउटा वर्कसपमा ग्यास सिलिन्डर पड्‌किँदा एक जनाको मृत्यु भएको छ। घटनामा अन्य पाँच जना घाइते भएका छन्।

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार मृत्यु हुनेमा निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम मगर रहेका छन्।

निगढ-७ बजारमा रहेको उनको वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा सिलिन्डर पड्‌किँदा सोमबार मध्यान्ह उनी गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा बयोधा अस्पताल वीरगञ्जमा दिउँसो साढे १ बजे मृत्यु भएको न्यौपानेले बताए।

यस्तै, घाइते हुनेमा निजगढ नगरपालिका-५ का ४५ वर्षीय सूर्यबहादुर थापा घाइते भएका छन्। उनको सामुदायिक प्रसूति गृह बारामा उपचार भइरहेको छ।

यस्तै, पर्सा वीरगन्ज महानगरपालिका-९ बस्ने ३४ वर्षीय फिरोद देवान घाइते भएका छन्। उनको बयोधा अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ।

यस्तै, वीरगन्ज-९ कै २० वर्षीय रितु रजक घाइते छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी, भारत गवाई बस्ने ३५ वर्षीय राकेश जयसवाल र भारत रामघडजाका २० वर्षीय अरविन साह घाइते भएका छन्। उनको बयोधा अस्पतालमै उपचार भइरहेको न्यौपानेले बताए।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ५ : १९ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई