सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले माग्यो १५ दिनको समय « Khabarhub

सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले माग्यो १५ दिनको समय


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले यही फागुन मसान्तभित्र प्रतिवेदन प्रस्तुत गर्ने गरी अवधि थप गर्न सरकारसमक्ष अनुरोध गरेको छ ।

आयोगले यही फागुन १५ गतेभित्र प्रतिवेदन प्रस्तुत गर्न केही समय नपुग भएकाले समयावधि थपका लागि गृहमन्त्रालयमार्फत नेपाल सरकारसमक्ष अनुरोध गरेको हो । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट  संकलन भएका केही थप प्रमाण र तथ्य प्राप्त हुन आएकाले सोको अध्ययन विश्लेषण गर्न र केही निकायबाट विवरण तथा जवाफ प्राप्त भइनसकेकाले प्रतिवेदन लेखनमा ढिलाइ भएको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले जानकारी दिए।

आयोग प्राप्त प्रमाणको अध्ययन, विश्लेषण र प्रतिवेदन तयारीमा रहने हुँदा यो अवधिलाई आयोगको मौन अवधिका रुपमा बुझिदिन उनले आग्रह गरे। आयोगले फागुन मसान्तभित्रै सरकारसमक्ष प्रतिवेदन पेस गर्ने उनको भनाइ छ । 

सरकारले गत असोज १५ गते सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० गठन गरेको थियो । आयोगलाई तीन महिनाभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको थियो । तीन महिनामा अध्ययन नसकिएपछि आयोगलाई दुई महिनाको समय थप गरिएको थियो । 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ५ : ५९ बजे

कोप-३१ का मुख्य एजेन्डा र नेपालको अडान

टर्कीको अन्टाल्याामा संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी महासन्धिमा सम्बद्ध राष्ट्रहरूको

तीन महिनामै दुई अर्बको नेपाली जुस विदेशियो, भारतमा सबैभन्दा बढी निर्यात

काठमाडौँ – नेपाली जुसको अन्तर्राष्ट्रिय बजारमा भारत प्रमुख गन्तव्य बनेको

ईयू प्रतिबन्धको जवाफमा युरोपेली वस्तुको आयातमा कडाइ गर्ने रुसी तयारी

मस्को– युरोपेली सङ्घ (ईयू) ले लगाएका प्रतिबन्धको प्रतिकारस्वरूप रुसले केही

छिटो र सहज न्यायका लागि मेलमिलाप विधेयक ल्याएका हौँ : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विवादका पक्षहरूलाई

जटिल प्रसूति समस्यामा परेकी गर्भवतीको उद्धार

काठमाडौँ– डोल्पाको छार्काताङसोङ गाउँपालिका–४ कि एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको