भारतका चर्चित गजल गायक पंकज उदासको निधन « Khabarhub

भारतका चर्चित गजल गायक पंकज उदासको निधन


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित गजल गायक पंकज उदासको निधन भएको छ । पद्मश्री पंकज उदास लामो समयदेखि बिरामी थिए ।

७२ वर्षीय उदासको आज बिहान निधन भएको उनकी छोरी नायब उदासले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएकी हुन् ।

पंकज उदास लामो समयदेखि बिरामी थिए, उनलाई १० दिनअघि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।  पंकज उदासको निधनको खबर आएपछि सबैले उनलाई सम्झेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । यो खबरले संगीत जगतमा शोकको माहोल छाएको छ ।

पंकाज उदास ‘चिठी आयी है…’ र ‘जिए तो जिये कैसे…’ जस्ता धेरै प्रसिद्ध गीत र गजलबाट परिचित छन्। उनले नाम, साजन र मोहरा लगायत धेरै  हिन्दी फिल्महरूमा पार्श्व गायकको रूपमा पनि आफ्नो छाप छाडेका छन । 

पंकज उदासको मंगलबार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ६ : २२ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले