इजरायली सेनाद्वारा गाजाको रफाहमा आक्रामक योजना प्रस्तुत « Khabarhub

इजरायली सेनाद्वारा गाजाको रफाहमा आक्रामक योजना प्रस्तुत


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– इजरायलको सेनाले दक्षिणी गाजान शहर रफाहमा नागरिकहरूलाई सुरक्षित निकाल्ने लगायतका सैन्य योजना मन्त्रिपरिषद्मा प्रस्तुत गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयबाट सोमबार बिहान जारी गरिएको विज्ञप्तिमा यसबारे जानकारी दिइएको छ । 

इजरायलले राफाहमा भूमिगत कारबाही नगर्न अन्तर्राष्ट्रिय आह्वान गरेपछि यो घोषणा बाहिर आएको हो ।  स्रोतका अनुसार १० लाखभन्दा बढी मानिसहरू इजरायली बमबारीबाट अन्यत्र आश्रय खोजिरहेको बताइएको छ।

यसैबीच क्याबिनेटले खाद्य ट्रकहरू सिधै उत्तरी गाजामा प्रवेश गर्ने योजनालाई अनुमोदन गरेको छ । सामान  बोकेका ट्रकहरूलाई  बाटोमै सर्वसाधारणहरूले लुट्ने गरेकाले यस्तो विधि अपनाइएको बताइएको छ । 

हाल मानवीय सहायताका ट्रकहरू दक्षिणी एन्क्लेभमा अवस्थित दुई क्रसिङहरू हुँदै गाजामा प्रवेश गर्ने गरेका छन् । 

भोगग्रस्त नागरिकहरूले ट्रकहरूमा आक्रमण गर्ने गरेकाले खाद्यान्न लक्षित समुदाय र क्षेत्रसम्म पुर्याउन सकिएको छैन। गाजा स्ट्रिपमा कम्तिमा ४ घरपरिवारमा एउटा अथवा ५ लाख मानिसहरू चरम खाद्यसुरक्षाको चुनौती भोगिरहेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ७ : ०६ बजे

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको