खेलकुदको विकासमा राज्यले बढी लगानी गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी « Khabarhub

खेलकुदको विकासमा राज्यले बढी लगानी गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

धनुषा – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले खेलकुदको विकास गर्न लगानी गर्न जरुरी रहेको बताएकी छन् । उनले नेपालमा खेलकुदको पूर्वाधारको अभाव तथा खेलाडी उत्पादन गर्न राज्यको लगानी कम भएको उल्लेख गरिन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित क्षीरेश्वर जनता उच्च माविको खेल मैदानमा आजदेखि सुरु भएको ‘प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की प्रतियोगिता’को आज उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले खेलकुदमा राज्यको लगानी कम भए पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रियजगत्मा गरेको प्रदर्शनको उच्च प्रशंसा गरिन् ।

महिला हक्की प्रतियोगिताले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्दै महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने उनले आशा व्यक्त गरिन् । पूर्वराष्ट्रपति भण्डारीले आपसी सद्भाव, सहिष्णुता तथा राष्ट्रिय एकतालाई बलियो बनाउँदै मुलुकलाई समृद्ध बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताइन् ।

उनले खेलकुदमा रहेको अनुशासन तथा संयमता राजनीतिक क्षेत्रमा प्रदर्शन हुन जरुरी रहेको उल्लेख गर्दै स्व मदन भण्डारीले राखेको स्वच्छ राजनीतिक प्रतिस्पर्धाबाट नेतृत्वको विकास हुनु पर्दछ भन्ने मान्यता अहिले पनि उपयोगी भएको र यो खेलमा पनि लागू हुने बताइन् ।

कार्यक्रममा नेकपा (एमाले)का सचिव एवं धनुषा निर्वाचन क्षेत्र नंं ४ का सांसद रघुवीर महासेठले नेपालमा खेलकुद क्षेत्रमा राज्यको लगानी कम भए पनि खेलाडीले खेल क्षेत्रमा गरेको प्रदर्शन सराहनीय भएको बताए।

मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल हक्की सङ्घका अध्यक्ष अनिलप्रसाद शर्मालगायतका वक्ताले हक्की खेलको विकासमा ध्यान दिन सरकारसँग आग्रह गरिे ।

प्रतियोगितामा कर्णालीबाहेकका ६ प्रदेश, त्रिभुवन आर्मी क्लब र मदन भण्डारी स्पोर्टस् एकेडेमीको टोली सहभागी छन् । प्रतियोगिता यही फागुन १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा प्रथम हुनेले रु एक लाख ५० हजार, द्वितीय हुनेले रु एक लाख, तृतीय हुने टोलीले रु ५० हजार तथा उत्कृष्ट खेलाडीले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ८ : ३२ बजे

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

संविधानका त्रुटि सच्याउनुपर्छ, देश बिग्रँदा सबैलाई क्षति हुन्छ : अध्यक्ष लिङ्देन

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्था र संविधानमा रहेका