संसद् भवनको सुरक्षामा खटिएका ३२ प्रहरीको जिम्मेवारी खोसियो « Khabarhub

संसद् भवनको सुरक्षामा खटिएका ३२ प्रहरीको जिम्मेवारी खोसियो


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लघुवित्त पीडितहरू संसद भवनभित्र प्रवेश गरेपछि संसद भवनको सुरक्षाका लागि खटिएका प्रहरीको जिम्मेवारी खोसिएको छ।

प्रहरी प्रधानकार्यालयले संसद भवनमा खटिएका प्रहरी निरीक्षकसहित ३२ जनालाई जिम्मेवारीबाट हटाएको हो। उनीहरूको ठाउँमा नयाँ टोलीलाई ल्याइएको छ।

सोमबार दिउँसो लघुवित्त पीडितहरू संसद भवनमा प्रवेश गरेका थिए। उक्त घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको छ।

समितिको सदस्यमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे छन्।

याे पनि…

निषेधित क्षेत्र तोड्ने ४९ जना प्रहरी नियन्त्रणमा

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ९ : ०८ बजे

बडीमालिका हिमपात अपडेट : एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये

बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात

बाजुरा- शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि

तस्बिरमा हेर्नुहोस् जलमग्न इमाडोल, ढल निकास नहुँदा घर-पसलहरू डुबानमा

काठमाडौँ– लगातारको वर्षाका कारण ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित इमाडोल क्षेत्र

बुढानीलकण्ठमा देउवा पक्षको तेस्रो अधिवेशन (तस्बिरहरू)

काठमाडौँ – नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको