संसद भवनमा आन्दोलनकारी प्रवेशबारे सभामुखको चासो « Khabarhub

संसद भवनमा आन्दोलनकारी प्रवेशबारे सभामुखको चासो


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । संसद भवन परिसरमा लघुवित्त ऋणीहरू प्रवेश गरेको विषयमा सभामुखले गम्भीर चासो लिएका छन्। सभामुखले आज साँझ उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट घटनाबारे जानकारी लिएका हुन्।

उनले सुरक्षा व्यवस्थापनबारे आफू गम्भीर र चिन्तित भएको बताए। गृहमन्त्रीले साँझ सुरक्षा अधिकारीहरूको आकस्मिक बैठक बोलाइएको र छानबिन प्रक्रिया अगाडि बढाएको जानकारी दिए।

प्रहरी महानिरीक्षक कुँवरले घटनालगत्तै तीन सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिएका छन्। उनले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको, संसद भवन सुरक्षार्थ टोली परिवर्तन गरिएको जानकारी दिए।

याे पनि…

संसद् भवनको सुरक्षामा खटिएका ३२ प्रहरीको जिम्मेवारी खोसियो

निषेधित क्षेत्र तोड्ने ४९ जना प्रहरी नियन्त्रणमा

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ९ : २३ बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा