२३ हजारभन्दा धेरै पाकिस्तानी नागरिक विदेशी जेलमा « Khabarhub

२३ हजारभन्दा धेरै पाकिस्तानी नागरिक विदेशी जेलमा


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानका २३ हजारभन्दा धेरै नागरिक विदेशी जेलमा रहेको पाइएको छ । पाकिस्तानको माथिल्लो सदन सिनेटअन्तर्गत मानव अधिकारसम्बन्धी संसदीय समितिलाई दिइएको जानकारीमा २३ हजार ४ सय ५६ जना पाकिस्तानी नागरिक विदेशी जेलमा रहेको उल्लेख छ ।

तीमध्ये अधिकांश पाकिस्तानी नागरिकहरु साउदी अरब, यूएई, बहराइन, इराक, ओमन, भारतजस्ता देशको जेलमा छन् । पाकिस्तानी विदेश मन्त्रालयले संसदीय समितिसमक्ष पेश गरेको प्रतिवेदनमा विदेशी जेलमा रहेका २३ हजार ४ सय ५६ जनामध्ये १५ हजार ५ सय ८७ जना कुनै अपराधमा दोषी ठहर भइ सजाय काटिरहेको जनाइएको छ ।

बाँकी ७ हजार ८ सय ६९ जना भने आफ्नो सुनुवाइ कुरिरहेको उक्त प्रतिवेदनमा उल्लेख छ । संसदीय समितिको बैठकमा सिनेटरहरुले विदेशी जेलमा रहेका पाकिस्तानी नागरिकको सुरक्षाबारे विदेश मन्त्रालयसमक्ष चासो प्रकट गरेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ४ : ४० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको