आज २०८० साल चैत १३ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८० साल चैत १३ गते मंगलबारको राशिफल


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत १३ गते मंगलबार तदनुसार सन् २०२४ मार्च २६ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। ठुला काममा हात लगाउनु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा सेवा गर्ने मौका मिल्नेछ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुने योग छ। परिवारको माया प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : समय राम्रो छ। श्रमको मूल्य प्राप्त हुनेछ। शेयरमा लगानी भए फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ। खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ। परिवारबाट सहयोग मिल्नेछ।

मिथुन : दैनिकी राम्रो छ। नयाँ ठाउँको यात्रा गर्ने योग रहेको छ। धर्ममा मन जानेछ। साथी सकारात्मक छन्। लगानीका क्षेत्रमा खोखिम बढ्नसक्छ। परिवारको साथ र सहयोग रहनेछ।

कर्कट : दैनिकी राम्रो छ। एक साथ दोहोरो लाभ मिल्नेछ। परोपकारको मौका मिल्नेछ। परिवारमा व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। साथी र बन्धुले साथ दिनेछन्।

सिंह : आजको दैनिकी राम्रो छ। आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा खर्च गरेको धनबाट फाइदा हुनेछ। परिवारको माया निरन्तर प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँग संगत हुनेछ।

कन्या : समय सामान्य छ। लाभ र हानी बराबर जस्तै हुने दिन छ। समस्या विस्तारै किनारा लाग्नेछन्। शिक्षामा गरेको लगानीको प्रतिफल मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : आजको दिन राम्रो छ। आफूलाई केन्द्रमा राखेर काम गर्नु राम्रो हुन्छ। पुरानो गल्तीले दुःख दिन योग भने कायमै देखिन्छ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए सचेत हुनुपर्ने दिन छ। परिवारको साथ र सहयोग निरन्तर मिल्नेछ।

वृश्चिक : दैनिकी राम्रो छ। मनमा शान्ति मिल्नेछ सामाजिक क्षेत्रमा गरेको लगानीले उचाई बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उपलब्धि हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दैनिकी राम्रो छ। सामाजिक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। परोपकार गर्ने मौका मिल्नेछ। अरुलाई प्रभावित पार्नसक्ने क्षमता देखिने छ। शिक्षा क्षेत्रको लगानी फस्टाउने योग छ। आफन्त र परिवारको साथ रहनेछ।

मकर : दिन राम्रो छ। बिना प्रतिस्पर्धा फाइदा होला। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानी सन्तोषजनक नहुनसक्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : सचेत भएर काम गर्नुपर्ने दिन छ। निर्णय लिन नसक्दा घाटा हुनेछ। आर्थिक र सामाजिक क्षेत्र अब्बल छन्। स्वदेशमै रोजगारीको अवसर सिर्जना हुनेछ।

मीन : समय राम्रो छ। रोकिएको काम बन्नेछ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। सञ्चित धन खर्च गर्नुपर्ने हुनसक्छ। सिर्जनात्मक क्षेत्रमा मन जानेछ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ५ : १६ बजे

संसद्‍मा प्रतिपक्षीलाई दमन गर्ने, नागरिकको मुद्दालाई बन्देज काम हुँदैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले संसद्‍मा लोकतान्त्रिक प्रणालीलाई

कञ्चनपुर-कमला सडक विस्तारमा ढिलासुस्ती

सिरहा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तारमा भएको ढिलासुस्ती र

जनताप्रति जबाफदेही भएर काम गर्छौँ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आफूहरू जनताप्रति

डीपी प्रतिनिधि सभाको सभामुखमा निर्विराेध निर्वाचित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधि

निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत रसियन फिल्म