पहिलो खेलमा विजयी भएको नेपाल आयरल्याण्डसँग दोस्रो खेल खेल्दै « Khabarhub

पहिलो खेलमा विजयी भएको नेपाल आयरल्याण्डसँग दोस्रो खेल खेल्दै


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सोमबार आयरल्यान्ड ‘ए’ विरुद्ध टी-२० सिरिजको पहिलो खेलमा विजयी भएको नेपालले आज दोस्रो खेल खेल्दैछ। खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा मंगलबार दिउँसो १ बजे सुरु हुनेछ। दुई खेलको सिरिजमा नेपाल १-० ले अगाडि छ। आज दोस्रो अर्थात् अन्तिम सिरिज हुन लागेको हो।

सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्याण्ड वोल्भ्सलाई पराजित गरेको हो। आयरल्याण्ड वोल्भ्सले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।

नेपालको जितमा सन्दीप जोराले ३६ रन बनाएका थिए भने कुशल भुर्तेलले अविजित ३७ रन बनाए। त्यस्तै आसिफ सेखले १६ रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले अविजित २० रन बनाए। गुल्सन झाले चार रन जोडे भने कप्तान रोहित पौडेल शुन्यमा आउट भएका थिए।

त्यसैगरी ग्यारेथ डेलानीले २ विकेट लिएका थिए भने बेन ह्वाइट र थोमस मायेसले एक एक विकेट लिएका थिए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा अल आउट हुँदै १२१ रन बनाएको थियो।

आयरल्याण्ड वोल्भ्सका लागि स्टेफेन डोहेनीले सर्वाधिक ४६ रन बनाएका थिए भने थोमस मायेज र लियाम म्याकार्थीले १६-१६ रन बनाएका थिए।

त्यसैगरी नेपालका ललित राजवंशी, गुलशन झा र कुशल भुर्तेलले २-२ विकेट लिए भने करण केसी र कुशल मल्लले एक एक विकेट हात पारे।

नेपाल ‘ए’ सँग टी-२० र एक दिवसीय सिरिज

आयरल्याण्डसँग नेपाल ‘ए’ टिमले तीन-तीन खेलको टी-२० र एक दिवसीय सिरिज खेल्दैछ। यो सिरिज बिहीबारदेखि सुरु हुनेछ। आयरल्यान्डसँग खेल्ने टी-२० र एक दिवसीय सिरिजका लागि नेपाल ‘ए’ टोलीको घोषणा भइसकेको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार विनोद भण्डारीको कप्तानीमा दुवै खेलका लागि टोलीको घोषणा गरेको हो।

नेपाल ‘ए’ ले कीर्तिपुरस्थित त्रिवि मैदानमा आयरल्यान्डसँग यही मार्च २८, २९ र ३० तारिख (चैत १५, १६ र १७ गते) टी-२० र अप्रिल ३, ५ र ७ तारिख (चैत २१, २३ र २५ गते) एक दिवसीय सिरिज खेल्न लागेको हो।

यो पनि पढ्नुहोस्

आयरल्याण्ड वोल्भ्समाथि नेपाल ६ विकेटले विजयी

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ५ : ५८ बजे

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र