वन्यजन्तुबारे पाँंचदिने अध्ययन कार्यशाला सुरु « Khabarhub

वन्यजन्तुबारे पाँंचदिने अध्ययन कार्यशाला सुरु


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– वन्यजन्तुबाट सर्नसक्ने रोगको सम्भाव्यता र प्रभाबबारे अध्ययन थालिएको छ । सोमबार सुरु भएको वन्यजन्तु संरक्षण सम्वन्धी पाँंचदिने कार्यशालामा यसबारे अध्ययन छलफल थालिएको हो ।

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको प्राकृतिक श्रोत व्यवस्थापन संकायलगायतको आयोजनामा सुरु भएको जिव विज्ञान सम्वन्धी कार्यशालामा यसबारे अध्ययन छलफल थालिएको हो ।

नेकको प्राकृतिक श्रोत व्यवस्थापन संकाय प्रमुख डा. नारायणप्रसाद कोजूले पाँंच दिनसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राध्यापक र विद्यार्थीको संलग्नतामा यसबारे छलफल सुरु भएको बताए ।

छलफलको क्रममा वन्यजन्तुसंरक्षण, तिनीहरूबाट मानवमा हुनसक्ने सरुवा रोगको सम्भाबना र प्रभाव, वन्यजन्तु सम्बन्धी अध्ययनको तरिका, संकलित तथ्याङ्कको विश्लेषणलगायतका विषयमा कार्यपत्र प्रस्तुति तथा छलफल हुने उनले बताए । साथै वन्यजन्तु सम्बन्धी विज्ञान पत्रकारिताबारे पनि छलफल हुने उनले जनाएका छन् । त्यस क्रममा वन्यजन्तुबारे समाचार लेख्न सूचना संकलन तरिका, लेखन आदिबारे पनि छलफल हुने उनले सुनाए ।

कार्यशालामा ११ वटा विश्वविद्यालयका २५ जना विद्यार्थी र आठ जना प्राध्यापकहरू संलग्न रहेको जनाइएको छ । कार्यशालामा विद्यार्थीहरुको तर्फबाट स्नातक उत्तीर्ण, स्नातकोत्तर अध्ययनरत विद्यार्थी सहभागी रहेका छन ।

कार्यशालामा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, त्रिविअन्तर्गतका आंगिक क्याम्पस तथा आयोजक नेककै गरी विभिन्न विषयका अनुसन्धानकर्मीहरुले अनुसन्धान विधि, प्रयोगबारे छलफल हुनेछ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, युनिभर्सिटी अफ वासिङ्टन, त्रिभुवन विश्वविद्यालयलगायतबाट सहभागी भएका छन् । कार्यशालामा नेपालका प्राकृतिक श्रोतसाधन र जैविक विविधताका विषयमा अध्ययन अनुसन्धान, मुलुकको प्राकृतिक श्रोतसाधन तथा जैविक विविधताको महत्व, प्राकृतिक श्रोतसाधन तथा जैविक विविधबारे छलफल हुने जनाइयो ।

प्राकृतिक श्रोतसाधन तथा जैविक विविधको संरक्षण र सम्वर्द्धन, प्राकृतिक श्रोतसाधन तथा जैविक विविधताको अध्ययन अनुसन्धानको प्रयोगात्मक विधिबारे चर्चा गरिने जनाएको छ । साथै, प्राकृतिक श्रोत साधन तथा जैविक विविधताको अध्ययन अनुसन्धानका लागि प्रयोग हुने उपकरणबारे पनि छलफल हुनेछ ।

 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ९ : ०८ बजे

‘प्रधानमन्त्रीको अनुहार हेर्न होइन, जवाफ माग्न बोलाएका हौँ’

काठमाडौं- प्रधानमन्त्रीलाई अनुहार हेर्न र भाषण गर्न नबोलाएको प्रतिपक्षी दल

विपक्षीको अवरोधपछि सभामुखले १५ मिनेटका लागि रोके बैठक

काठमाडौं- प्रतिनिधिसभा बैठकमा प्रतिपक्षले निरन्तर अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले

पुरानो रिसइबीका कारण नुवाकोटमा दाजुभाइको हत्या, ६ जना समातिए

काठमाडौं – नुवाकोटमा दुईजना दाजुभाइको हत्या प्रकरणमा प्रहरीले ६ जनालाई

विपक्षीद्वारा पुनः सदन अवरुद्ध

काठमाडौं- नीति तथा कार्यक्रममाथि सांसदले राखेको प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम