रुसमा आइएसको योजनाबद्ध आक्रमण | Khabarhub Khabarhub

रुसमा आइएसको योजनाबद्ध आक्रमण


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

‘क्रोकस सिटी हल मसाकार’रुसका लागि चोट हो। यो दुखद घटनामा मृतकप्रति समवेदना व्यक्त भइरहेका छन्। रुस विरोधी भूराजनीतिक पहिचान भएका संसारका शक्ति राष्ट्रले पनि रुसमा भएको दुर्घटनामा दु:ख व्यक्त गरेका छन्। कम्तीमा १ सय ३७ जनाको ज्यान गएको सो घटनामा संलग्न भएको आरोपमा रुसले चार जनालाई मुद्दा चलाएको छ । यी मध्ये तीनलाई मस्को अदालतमा लिएर गइयो भने एक जना ह्वील चेयरमा त्यहाँ पुगेका थिए। उनीहरूलाई आतङ्कवादी गतिविधिको आरोपमा मुद्दा चलाइएको हो।

शुक्रबार भएको घटनाको इस्लामिक स्टेटले जिम्मेवारी मात्र लिएको छैन फोटो र भिडियो सार्वजनिक गरिसकेको छ। रुसले भने बिना कुनै प्रमाण युक्रेनलाई यो घटनाको आरोप लगाएको थियो।

अहिले मुद्दा चलाइएका चार जनामा डेलर्डजसोन भिडजयम, साइदाक्रामी मुरोडाली, समसुसदन फारुदीनी र मोहम्मद सोबीर फायजोभ छन्। भिडियोमा देखिए अनुसार  तीन जनालाई आँखामा कालो पट्टी बाँधेर प्रहरीले लिएर गएको थियो । यी सबै जना घाइते थिए। फारिडुनीको अनुहार सुनिएको थियो।

एउटा के कुरामा रुस सहमत छ भने विषम अन्तर्राष्ट्रिय परिस्थितिका कारण अन्तर्राष्ट्रिय क्षेत्रमै एक अर्काको बिचमा नपत्याउँदो सम्बन्ध भने हुनसक्छ। तर रुसले आरोप लगाए झैँ युक्रेन र आइएसको बिचमा कुनै पनि सम्बन्धको आधार देखिएको छैन।

अहिले मुद्दा चलाइएका चार जनामा डेलर्डजसोन भिडजयम, साइदाक्रामी मुरोडाली, समसुसदन फारुदीनी र मोहम्मद सोबीर फायजोभ छन्। भिडियोमा देखिए अनुसार  तीन जनालाई आँखामा कालो पट्टी बाँधेर प्रहरीले लिएर गएको थियो। यी सबै जना घाइते थिए। फारिडुनीको अनुहार सुनिएको थियो।

यो घटनाले अन्य केही देशलाई नतर्साएको भने होइन। रुसी राष्ट्रपति एमानुएल म्याक्रोन आफूहरू चनाखो भएर बस्नु परेको बताउँछन्। सोमबार नै म्याक्रोनले रुसमा आक्रमण गर्ने आइएसको समूहको अर्को लक्ष्य फ्रान्स हुन सक्ने बताएका छन्। मृतकहरूको पहिचान गर्ने काममा रुसी सरकार व्यस्त रहेको छ।

सुरुवातमा गिरफ्तार भएका चार जना नै दोषी भएकोमा रुसी प्रहरी विश्वस्त छ। २२ मेसम्म हिरासतमा नै राखेर उनीहरूको सुनुवाइ हुनेछ। त्यसपछि अर्को चरणको सुनुवाइ हुनेछ।

उत्तरी मस्कोमा रहेको क्रकस सिटी हलमा उनीहरू प्रवेश गर्दा ६ हजार मानिसको उपस्थिति थियो। आक्रमण गर्नेले आगोको पनि प्रयोग गरेका थिए। रुसी सुरक्षा निकायका अनुसार यसरी आक्रमणमा संलग्न हुनेहरू १४ घण्टापछि गिरफ्तार भएका थिए। ब्रयान्स्कबाट उनीहरूलाई गिरफ्तार गरिएको हो। उनीहरूलाई पक्राउ गरिएको सो स्थान मस्कोबाट चार सय किलोमिटर टाढा छ।

रुसले यसरी आरोप लगाए पनि पछिल्लो समय जसरी भए पनि शक्ति केन्द्रमा स्थापित हुने र संसारलाई शान्तापूर्वक एक ध्रुवमा रहन नदिने रुसी नियतले आइएस लगायतलाई बल पुगेको कुरा नकार्न मिल्दैन। युद्ध रहित संसार तयार गर्न पुटिनलाई घटनाले थप दबाब दिएको छ।

यो महिनाको सुरुवातमा अमेरिकाले यस्तो खराब अवस्थामा सम्भावना देखेको थियो। यसै कारण उसले मस्कोमा एकै स्थानमा भेला हुनका लागि सावधान राख्दै सूचनासमेत प्रकाशित गरेको थियो। अमेरिकाले पाएको यो सूचनालाई रुसले एक प्रोपोगान्डाको रूपमा हेरेको थियो। यो घटना भए पनि आइएसको दाबी माथि केही शङ्का गर्नुपर्ने आधार नभएको वासिङ्टनले जनाएको छ।

आइएसले रुस तथा यसको चासो रहेको क्षेत्रमा आक्रमण गरेको यो नै पहिलो पटक भने होइन। सन् २०१५ मा इजिप्टमा रुसी एयरक्राफ्टमा भएको हमलाको जिम्मेवारी पनि आइएसले लिएको थियो। सो विमानमा दुई सय २५४ जना सवार थिए। ती मध्य धेरै रुसी नै थिए।

आइएसले रुस तथा यसको चासो रहेको क्षेत्रमा आक्रमण गरेको यो नै पहिलो पटक भने होइन। सन् २०१५ मा इजिप्टमा रुसी एयरक्राफ्टमा भएको हमलाको जिम्मेवारी पनि आइएसले लिएको थियो। सो विमानमा दुई सय २५४ जना सवार थिए। ती मध्य धेरै रुसी नै थिए।

सन् २०१७ मा सेन्टर पिटर वर्गको मेट्रोमा भएको आक्रमणमा १५ जनाको ज्यान गएको थियो। आइएसले त्यसको पनि जिम्मेवारी लिइसकेको छ।

सुरक्षा विश्लेषकका अनुसार यसरी आइएसले रुसलाई नै आक्रमण गर्नुका पछि धेरै कारण छन्। पहिलो कारण त सिरियामा रहेको आइएसको पावर बेस ध्वस्त हुनुमा रुसको भूमिका छ।

राष्ट्रपति बसार अल असादको शासनको यो घटना भएको थियो। सन् १९९४ देखि २००४.९ सम्म मुस्लिम प्रभाव रहेको चेचेन्यामा दुई पटक रुसको लडाइँ तथा सोभियत कालमा भएको अफगानिस्तान माथिको आक्रमण लगायत कारण छन्।

अमेरिका र अमेरिकी निकट शक्तिहरूले आइएसको खर्सान शाखाले नै आक्रमण गरेको जनाएको छ। अफगानिस्तानलाई र मध्य एसियामा आफ्ना धेरै गतिविधि केन्द्रित गर्ने यस शाखालाई आइएसआइएस के पनि भन्ने गरिन्छ।

अफ सुटका लागि आइएसको यो सबै भन्दा प्रचलित शाखा हो। सन् २०२१ को अक्टोबर र सेप्टेम्बरमा अमेरिकाले काबुल छाड्ने क्रममा भएको एयरपोर्टमा आक्रमण पनि यसै शाखाले गरेको थियो।

यो आक्रमण भन्दा अगाडि नै आइएसले बारम्बार चेतावनी दिएको थियो। यसैगरी आक्रमण पछि पनि आइएसले नै फुटेज बाहिर ल्याएको छ। युक्रेनी राष्ट्रपति भालोडोमिर जेलेन्सकीले आइएसले किभमा आक्रमण गर्ने सोच ढुक्कले बसेको आरोप लगाएका छन्। सन् २००२ को फेब्रुअरीमा युक्रेनमा आक्रमण गरे यता हजारौँ आतंकवादी रुसले नै युक्रेनमा छाडिरहेको आरोप जेलेन्सकीको छ।

यस घटनाले रुसी गुप्तचरको क्षमता माथि नै प्रश्न उठेको छ। न्युयोर्कमा रहेको आतङ्कवाद विरोधी गतिविधिका विज्ञ कोलीन क्लर्कका अनुसार रुसलाई आक्रमण गर्ने आइएस खोर्सानको योजना दुई वर्ष अघिकै हो। यो समूहको मूल प्रभाव क्षेत्र भनेको पाकिस्तान, तुर्केमिनिस्तान, अफगानिस्तान, उज्बेकिस्तान र इरान हो।

तिनीहरूले नै किभमा आतङ्क मच्चाउनुको साथै मानिसलाई यातना दिइरहेको तथा यौन हिंसाका घटना समेत भएको जेलेन्सकीले बताएका छन्। सन् २०२२ को फेब्रुअरीदेखि धेरै अपराधीक र मानवता विरोधी घटना रुसी सेनाले घटाएको प्रमाण युक्रेनी प्रहरीसँग भएको जनाइएको छ।

यस घटनाले रुसी गुप्तचरको क्षमता माथि नै प्रश्न उठेको छ। न्युयोर्कमा रहेको आतङ्कवाद विरोधी गतिविधिका विज्ञ कोलीन क्लर्कका अनुसार रुसलाई आक्रमण गर्ने आइएस खोर्सानको योजना दुई वर्ष अघिकै हो। यो समूहको मूल प्रभाव क्षेत्र भनेको पाकिस्तान, तुर्केमिनिस्तान, अफगानिस्तान, उज्बेकिस्तान र इरान हो। क्लर्ककै अनुसार अफगानिस्तान, सिरिया र चेचन्यामा विगतमा भएको आक्रमणमा धेरै मुस्लिम रुससँग आक्रोशित छन्।

अहिलेको आक्रमण रुसमा भए पनि धेरै शक्तिलाई अहिले नै सावधान हुनुपर्ने अवस्था भने देखिएको छ। आइएसको शक्ति पनि यसले देखिएको छ। यस भन्दा अघि आइएसको सबैभन्दा डरलाग्दो आक्रमण सन् २०१५ मा पेरिसमा भएको थियो। अहिले सो भन्दा ठुलो आक्रमण भएको छ।

१८ महिना अघि नै यस सङ्गठनले रुसी भाषाको जानकारी भएको र ज्ञान भएका युवालाई खोसार्न शाखामा भर्ती गरी सकेको थियो। यसको उद्देश्य सहजै मस्कोसम्म पुग्नका लागि थियो। अहिले १सय ३७ भए पनि धेरै यस्ता दुर्घटनामा मर्नेहरूको सङ्ख्या बढ्दै गएको छ। यसरी मर्नेहरूको सङ्ख्या अझ बढ्न सक्ने चेतावनी दिइएको छ। परन्तु, आइएसको यो घटनाको अभ्यास १८ महिना अघि नै भएको थियो। स्रोत : बिबिसी, द गार्जीयन

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १२ : ३८ बजे

इलाम-२ मा रास्वपा उम्मेदवार लिम्बूद्वारा आचारसंहिता उल्लङ्घन

इलाम – इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, ‘ब्रेक थ्रू’ को तयारी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

नेपाललाई तेस्रो सफलता, वेस्ट इन्डिज ‘ए’ का एलिक अथानाज पनि आउट

काठमाडौं- नेपालले वेस्ट इन्डिज ए विरुद्ध तेस्रो सफलता हासिल गरेको

वेस्ट इन्डिज ‘ए’ले गुमायो दोस्रो विकेट

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए विरुद्ध दोस्रो सफलता हासिल गरेको

राहुललाई राजीव गान्धीको अर्ती– ‘परिवारबारे अखबारमा आएका समाचार नपत्याउनू’

कुनै समय भारतमा गान्धी परिवारप्रति जनजनमा ठूलो आस्था थियो ।