इटालीमा १० प्रतिशत नागरिकमा निरपेक्ष गरिबी « Khabarhub

इटालीमा १० प्रतिशत नागरिकमा निरपेक्ष गरिबी


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रोम– सन् २०२३ मा इटालीमा हरेक १० मध्ये एक जना निरपेक्ष गरिबीमा बाँचिरहेका प्रारम्भिक सरकारी तथ्यांकले देखाएको छ ।

इटालीको ‘नेसनल स्टाटिस्टिक्स इन्स्टिच्युट’का अनुसार सन् २०२३ मा ५७ लाख ५० हजार इटालियाली निरपेक्ष गरिबीमा बाँचिरहेको पाइएको छ ।

यो सङ्ख्या सन् २०२२ मा ५६ लाख ७० हजार र सन् २०२१ मा ५३ लाख २० हजार थियो । गत वर्ष देशको कुल जनसङ्ख्याको ९.८ प्रतिशत निरपेक्ष गरिबीमा रहेको देखिएको छ । 

इन्स्टिच्युटले निरपेक्ष गरिबीमा बाँचिरहेका व्यक्तिलाई आफ्नो आधारभूत आवश्यकता जस्तै खाना र स्वच्छ पिउने पानी, लुगाफाटा, स्वास्थ्य हेरचाह र आश्रय पूरा गर्न स्रोतहरूको अभाव भएको व्यक्तिको रूपमा परिभाषित गरेको छ । 

इन्स्टिच्युटको तथ्यांकले निरपेक्ष गरीबीको उच्चतम् स्तर मुख्यतया कृषिका लागि चिनिने देशको दक्षिणी क्षेत्रहरूमा देखिएको छ भने औद्योगिक क्षेत्रका लागि चिनिने उत्तरी क्षेत्रले गरिबीको सबैभन्दा कम स्तर देखाएको छ ।

यसले देशको अन्य भागको तुलनामा उत्तरी क्षेत्रमा गरिबीको स्तरमा तीव्र कमी आएको उल्लेख गरेको छ । गत वर्ष १८ वर्षभन्दा कम उमेरका १४ प्रतिशत इटालियाली निरपेक्ष गरिबीमा बाँचिरहेका छन् भने १८ देखि ३४ वर्ष उमेर समूहका ११.९ प्रतिशत रहेका देखिएको छ । 

त्यसैगरी, ६५ वर्षमाथिका नागरिकमध्ये ६.२ प्रतिशत मात्र सबैभन्दा कम आर्थिक वर्गमा बाँचिरहेका छन् । 

इन्स्टिच्युटका अनुसार निरपेक्ष गरिबीमा बाँचिरहेका इटालियाली बढ्दो प्रतिशतको मुख्य कारक मुद्रास्फीति हो, जसले विगत दुई वर्षमा आर्थिक वृद्धिलाई उछिनेको छ ।

गत वर्ष औसत ५.९ प्रतिशतले मूल्यवृद्धि भएको थियो भने अर्थतन्त्र ०.९ प्रतिशतले बढेको थियो । त्यसैगरी सन् २०२२ मा मुद्रास्फीति दर ८.१ प्रतिशत रहेको थियो भने अर्थतन्त्र ३.७ प्रतिशतले मात्र वृद्धि भएको थियो । 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १२ : ३७ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी