टस जितेर ब्याटिङ गर्दै नेपाल « Khabarhub

टस जितेर ब्याटिङ गर्दै नेपाल


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घरेलु टोली नेपालले ट्वान्टी-२० शृङ्खलाअन्तर्गत  आयरल्याण्ड ‘ए’विरुद्धको आज हुने खेलमा ‘टस’ जितेर पहिले ‘ब्याटिङ’ गर्ने भएको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर कप्तान रोहितकुमार पौडेलले पहिला ब्याटिङ रोजेका हुन् । 

आजको खेल जितेमा नेपालले शृङ्खलामाथि कब्जा गर्नेछ । हिजो भएको यस शृङ्खलाको पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’लाई छ विकेटले पराजित गरेको थियो ।

आजको खेलमा नेपाली टोलीमा दुई खेलाडीलाई परिवर्तन भएका छन् । विवेक यादव र अनिल शाह टोलीमा समावेश हुँदा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी बेञ्चमा छन् ।

नेपालको प्लेइङ एघारमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, अभिनाश बोहरा, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, करण केसी र सोमपाल कामी छन् । बेञ्चमा आकाश चन्द, दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी र प्रतिश जिसी छन् । 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १ : ०७ बजे

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा