राजनीतिमा छट्टुहरु हावी हुन थाले : गगन थापा « Khabarhub

राजनीतिमा छट्टुहरु हावी हुन थाले : गगन थापा


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिमा इमान र योग्यता भएको मान्छको अभाव भएको बताएका छन् ।

कांग्रेस नेता नवीन्द्रराज जोशीको तेस्रो स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले राजनीतिमा छट्टुहरु हावी हुन थालेको भन्दै इमान्दारसंगै योग्यताका निम्ति प्रयास गर्ने मानिस चाहिएको बताए ।

उनले छट्टुहरु केही समयका लागि आउने झुक्काउने र रङ्गरोगन गरेर जाने भएकाले गति र मति भएकाहरूको राजनीतिमा आवश्यकता देखिएको धारणा राखे । 

अहिले घरभित्रको फोहरहरूलाई सफा बनाएर ठिक ढंगले लय पक्रनुपर्ने उनले बताए । महामन्त्री थापाले नयाँ पुस्ताले चाँडोभन्दा चाँडो परिवर्तन होस् भन्ने चाहनालाई उत्तेजनाको राजनीति गर्नेहरूले दूरुपयोग गरेको धारणा राखे । उनले नेपाली राजनीति र समाज रूपान्तरणमा स्वर्गीय नेता जोशीले खेल्नुभएको भूमिकाको चर्चा गरे ।

त्यस्तै कांग्रेसका नेता प्रदिप पौडेलले अहिलेको गठबन्धन चीरस्थायी नहुने भन्दै आफूभित्रको झगडाले समाप्त हुने दावी गर्नुभयो । अहिले जसरी सत्ता चाहिने प्रवृत्तिलाई अन्त्य गर्नका लागि फरक ढंगले संगठीत हुन जरुरी रहेको उनले बताए । 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ५ : १३ बजे

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना